
शुक्रबार भर्ना हुनुभएका थापालाई चिकित्सकको रायअनुसार स्वास्थ्य परीक्षणका लागि केही दिन अस्पतालमा राख्नुपर्ने भएको राप्रपा प्रचार विभागका सहसंयोजक किरण गिरीले बताउनुभयो । वरिष्ठ नसारोग विशेषज्ञ डा उपेन्द्र देवकोटाको टोलीले अध्यक्ष थापाको स्वास्थ्य परीक्षण गरिरहेको छ ।अध्यक्ष थापा संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार बस्नु भएको छ । आगामी संविधानसभा निर्वाचनका लागि राप्रपाले ३ सय ३५ जनाको सूची बुझाएको छ। सूचीमा पार्टी अध्यक्ष सूर्यबहादुर थापाको पनि नाम रहेको स्रोतले जनाएको छ । स्वास्थ्यका कारण दौडधुप गर्न नसक्ने भन्दै थापाले प्रत्यक्षमा उम्मेदवारी दिनु भएको छैन् । थापाले चुनाव लड्दै आउनु भएको धनकुटा २ मा उहाँका छोरा सुनिल थापाले उम्मेदवारी दिनु भएको छ ।
यसमा तपाइको मत
फेसबुक
ट्वीटर
Tweets by @NagarikAawaj