बाबुराम गैरे
बुटवल, असौज ३१ । दोश्रो रञ्जन सागर स्मृतिकप नकआउट फुटवल प्रतियोगिता भोलि (शुक्रबार) देखि बुटवलमा शुरुहुने भएको छ । सुनौलो संगम युवा क्लब बुटवलको आयोजनामा बुटवलको फिफा टेक्निकल सेन्टरमा हुने प्रतियोगितामा रुपन्देही र नवलपरासिका गरि १६ वटा क्लबहरुले सहभागिता जनाएका छन । प्रतियोगिताको उद्घाटन खेलमा भोलि एन्फा एकेडेमि बुटवल र फर्साटिकर फुटवल क्लबका बिच प्रतिष्पर्धा हुने खेल संयोजक नगेन्द्र कार्कीले जानकारि दिनुभयो । प्रतियोगिताको फाईनल खेल आगामि कार्तिक १६ गते हुने बताईएको छ । प्रतियोगिताको बिजेता टिमले नगद ५० हजार ५, कप, मेडल र प्रमाणपत्र साथै द्धितिय हुने टिमले नगद २५ हजार ५ संगै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडि र उत्कृष्ट गोलरक्षकलाई पनि आकर्शक पुरस्कार प्रदान गरिने खेल संयोजक कार्कीले जानकारि दिनुभयो ।
Loading...
दोश्रो रञ्जनसागर स्मृतिकप भोलि देखि शुरु हुदै
बिहिबार, अशोज ३१, २०७०यसमा तपाइको मत
फेसबुक
ट्वीटर
Tweets by @NagarikAawaj