बाबुराम गैरे
बुटवल, कार्तिक २ । आज हामिलाई दैनिकपत्र राष्ट्रिय दैनिकमात्र प्राप्त भएको छ । कतिपय अन्य पत्रपत्रिकाहरुमा दशै बिदा सकिएको छैन । बुटवलको सबैभन्दा ठुलो मानिएको बुटवल मिडिया प्रकाशन प्रालीद्धारा प्रकासित दैनिक पत्रले आज पहिलो पृष्ठमा तात्यो चुनावी पारो शिर्सकमा ब्यानर न्युज छापेको छ । दशै सकिएसंगै केहि दिन रोकिएको दोश्रो संबिधान सभा निर्बाचनको प्रचारप्रसारलाई दलहरुले फेरि तिब्रता दिएका छन । दशै मनाउन शहरबाट गाउ पसेकाहरु फर्किएपछि शहरमा चुनाबी पारो बढेको छ भने दलहरुले गाउमा नया ढंगले चुनावी प्रचार अघि बढाएका छन । शहरमा कार्यकर्ता प्रशिक्षण र पार्टि प्रबेशका कार्यक्रमहरु शुरु भएका छन भने गाउमा घरदैलो र सभाले चुनाबी माहोल बन्दै गएको छ । अधिकांस दलका उम्मेद्वारहरु जनतासंग छलफल र वहसमा सहभागि हुन थालेका छन । लुम्बिनी अंचलको केन्द्र र केन्द्रिय राजनितिमा प्रभाब पार्ने रुपन्देही ४ मा सबैभन्दा बढि चुनावी चर्चा छ । एमाओबादिका बरिष्ट नेता डा. बाबुराम भट्टराई र एमाले सचिब बिष्णु पौडेलबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको रुपन्देही ४ मा कांग्रेसका सुर्यप्रशाद प्रधानलगायतले पनि चुनाबी प्रचारप्रसारलाई तिब्रता दिएका छन । यसै क्रममा एमाओबादिले शुक्रबार रुपन्ेदही क्षेत्र नं ४ मा पार्टि प्रबेश तथा स्वागत कार्यक्रम, राज्य स्तरिय कार्यकर्ता प्रशिक्षणलगायतका कार्यक्रम गर्यो भने नेकपा एमालेले पुर्व जनप्रतिनिधिहरुसंग छलफल तथा प्रतिबद्धता पत्र सर्वजनिक गर्यो । कांग्रेसले जिल्लाका अन्य क्षेत्रमा पनि चुनाबि प्रचारलाई तीब्र पारेको जनाएको छ । भन्दै दैनिक पत्रको पहिलो पृठमा मुख्य प्राथमिकताका साथ समाचार छापिएको छ । त्यस्तै सोही पृष्ठमै सरायसंगै दशै बिदाई शिर्सकको अर्को समाचार पनि छापिएको छ । समाचारमा बिशेषगरि लुम्बिनी अंचलका पहाडि जिल्लाहरुमा खेलिने सराय नाचलाई महत्ब दिईएको छ ।
Loading...
दशैपछि बुटवलका पत्रपत्रिका
शनिबार, कार्तिक २, २०७०यसमा तपाइको मत
फेसबुक
ट्वीटर
Tweets by @NagarikAawaj