इन्टरनेट जाएन्ट गुगलले पछिल्लो त्रैमासिकमा झण्डै ३ अर्ब अमेरिकी डलर मुनाफा कमाएको छ । जुलाई देखि सेप्टेम्बर सम्मको तेश्रो त्रैमासिकमा गुगलले २ अर्ब ९७ करोड मुनाफा आर्जन गरेको हो ।
विश्लेषकहरुको अनुमानलाई नाघ्दै गुगलले उच्च मुनाफा गरेपछि कम्पनीको शेयर पनि ह्वात्तै बढेको छ । अक्टोबर १७ मा गुगलको शेयर मूल्यमा ६ प्रतिशतले वृद्धि भै ९४१.२५ पुगेको छ । गुगलका प्रमुख ल्यारी पेजले एक विज्ञप्ती मार्फत तेश्रो त्रैमासिक कम्पनीका लागि निकै ससक्त रहेको र ठूलो प्रगति हासिल भएको जनाएका छन् ।
गुगलले यो अवधिमा खासगरी विज्ञापनमार्फत हुने कमाइमा वृद्धि गरेको छ । विज्ञापनमार्फत हुने कमाइ अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८ प्रतिशत तथा अघिल्लो त्रैमासिकको तुलनामा ८ प्रतिशतले बढेको हो । तर गुगलको मोटोरोला मोबाइल इकाइ भने घाटाबाटै गुजि्ररहेको छ । अगष्ट महिनामा मोटो एक्स फोन सार्वजनिक गरेपनि मोटोरोलाको खुद घाटा २४ करोड ८० लाख डलर रहेको छ ।
गुगलले दिएको जानकारी अनुसार अहिले यु ट्युबका प्रयोगकर्ता मध्ये ४० प्रतिशत मोबाइल फोनबाट यु ट्युब प्रयोग गर्छन्, जबकी दुइ वर्ष अघि त्यो संख्या ६ प्रतिशत मात्र थियो । मोबाइल फोनमार्फत इन्टरनेट प्रयोगकर्ताको संख्या निकै बढेसागै गुगलले पनि मोबाइल विज्ञापनमा ध्यान केन्दि्रत गरेको छ । मोबाइल फोनमार्फत इन्टरनेट चलाउादा देखिने विज्ञापनको शुल्क अन्य परम्परागत कम्प्युटर ब्राउजरको विज्ञापनको तुलनामा निकै सस्तो बनाएको छ गुगलले । विश्व विज्ञापन बजारमा गुगललको हिस्सा ६.९ प्रतिशत रहेको छ । फेसबुक भने गुगलभन्दा निकै अगाडि रहेको छ । उसको विज्ञापन बजारमा १४.९ प्रतिशत हिस्सा छ ।