नागरिकआवाज संवाददाता
बुटवल, ४ कार्तिक । नेकपा एमालेका नेता तथा रुपन्देही क्षेत्र नम्बर ५ का उमेदबार रामनाथ ढकालले एमालेको बहुमत नआएसम्म संबिधान निर्माण हुनै नसक्ने दाबि गर्नुभएको छ । मधेसी, दलित, उत्पीडित समुदायको लागि नया बन्ने संबिधानले अधिकार सुरक्षित गर्ने भन्दै उहाले त्यसकालागि एमालेको बहुमत आएको बताउनुभयो ।
रुपन्देहीको बिष्णुपुरा वार्ड नम्बर ८ लोण्डिहवामा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दे नेता ढकालले यो निर्बाचन पछि संबिधान निर्माण संगै बिकासको काम हुने भएकाले सुझबुझपूर्ण रुपमा मत खसाल्न आग्रह गर्नुभयो । जातीय क्षेत्रीय नारा लिएर हिड्ने राजनीतिक दलहरुले केही गर्न नसक्ने भन्दै उहाले एमालेमा सबै कुराको भरोसा गर्न अपिल गर्नुभयो ।
‘मधेशी दलले मधेशी मुद्धा उठाउने भन्दै राजनीतिमा आए पनि मधेको बिकास गर्न सकेका छैनन, र सक्दैनन पनि, उहाले भन्नुभयो । नेता ढकालले जातीय मुद्धा उठाउने दलप्रति सचेत रहन आग्रह गर्नुभयो । अल्पसंख्यक समुदायको उत्थान र युवाहरुलाई रोजगार बनाउनका लागि एमालेले नीति निर्माण गरिरहेको उहाले बताउनुभयो ।
रुपन्देहीको ५ नम्बर क्षेत्रलाई बिकासमा अग्रणी क्षेत्रको रुपमा बिकास गर्ने योजना रहेको ढकालले जनतामाझ बताउनुभयो । ‘बिकासका लागि राज्यकै मुख ताक्नुपर्छ भन्ने छैन, अन्य धेरै बिकल्पबाट बिकास गर्न सकिन्छ, उहाले भन्नुभयो । ५ नम्बर क्षेत्रका लागि आफूले डेढ अर्ब रुपैया लगानी ल्याइसकेको बताउनुभयो ।
लोण्डिहवाका निर्बाचन परिचालन कमिटी संयोजक कृष्णशंकर प्रसाद गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा राजकुमार गुप्ता, राष्ट्रिय प्रतिनिधी परिषद सदस्य भुमिश्वर ढकाल, नगेन्द्रप्रताप सिंह लगायतले बोल्नुभएको थियो । स्थानीयले गैडातालको पानीलाई व्यवस्थापन गरी सिचाईको व्यवस्था गर्नुपर्ने, सुकुम्बासी समस्या समाधान हुनुपर्ने, लालपुरचोक देखि बर्गदहा सम्मको सक कालो पत्रे, खानेपानी समस्या समधान, पहवा चौकी स्तरोन्नती गर्न उमेदबारलाई आग्रह गरेका थिए ।
उमेदबार ढकालले कृषि बजार, प्रसुती गृह, सुर्यपुरा चौकी, केही खानेपानी योजना पुरा भइसकेको भन्दै अन्य कामहरु तत्काल सञ्चालनमा आउने जनाउनु भयो । उहाले जनताको अपेक्षा बमोजिमका कामहरु प्राथमिकता दिएर गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सोही कार्यक्रममा अन्य राजनीतिक दल परित्याग गरी ४ सय ८८ जना कार्यकर्ता एमालेमा प्रबेश गरेका थिए । प्रबेशीलाई स्वागत गर्दै उमेदबार ढकालले एमालेको किल्लाको रुपमा रहेको ५ नम्बर क्षेत्रलाई कसैले हल्लाउन नसक्ने जिकिर गर्नुभयो । उहाले सुकुम्बासीलाई लालपूर्जा, बिष्णुपुराको मुहार फेर्ने योजना ल्याउने प्रतिबद्धता समेत जनाउनुभयो ।
निर्बाचन प्रचारकै शीलशीलामा रुद्रपुर–७ हरैयामा अगुवा कार्यकर्तासंग छलफल भएको छ । रुद्रपुरको बिकासका लागि ल्याउनुपर्ने योजनाका बिषयमा छलफल भएको थियो । नेकपा एमालेले निर्बाचन क्षेत्र नम्बर ५ को प्रचारलाई तिब्रता दिएको छ । प्रचारकै शीलशीलामा मंगलबार रुद्रपुरमा बृहद युवा भेला आयोजना गरिएको छ । प्रचारकै क्रममा सोमबार बिष्णुपुराबाट बृहद ¥याली निकालिएको थियो ।