एमाले गाउँका सबै एमाओवादीमा
बुटवल, कात्तिक ५ । गुल्मी क्षेत्र नम्वर २ मा चुनावी चहलपहल निकैनै वढेको छ । एमालेका नेता प्रदिप कुमार ज्ञवाली, कांग्रेसका नेता चन्द्र भण्डारी र गुल्मी जिल्लाबाट सबै उमेदवार मध्ये कान्छा मानिने एमाओमाओवादीका युवा नेता अशोक थापा बिच प्रतिष्पर्धा वढि हुने देखिएको छ । एमालेका नेता ज्ञवाली दुई दुई पटक विजय भएको विगतको पृष्ठभूमि र शान्ति प्रर्कियामा उनले खेलेको भूमिकाले ज्ञवालीलाई अगाडि आउने अड्कल काटिरहँदा एमाओवादीमा दलित समुदायका मानिस प्रवेशको लर्कोले कांग्रेस या माओवादी अगाडि आउने अर्को थरिले अड्कल काटिरहेका छन् ।
नेता ज्ञवालीको घर रहेको अर्थात एमालेको गढ मानिने बलेटक्सार, थानपति, वहादी, ग्वादि, दिगाम आदि गाविसका दलित बस्तिहरुका मानिसहरु यसपटक माओवादीमा प्रवेश गर्ने लर्को चलेको छ । त्यस्तै त्यस क्षेत्रका धेरै युवाहरु कोही माओवादी र कोही नेपाली कांग्रेसमा प्रवेश गर्ने लहरले नेता ज्ञवालीका मतदाता घट्ने धेरैले आशंका गरेका छन । धेरैले दुई दुईपटक एमालेका नेता प्रदिपलाई जिताएर कुनै पनि काम गर्न नसकेको प्रति आक्रोसीत भएका छन भने नेपाली काग्रेसलाई मिनीमाईज गरेर यो चुनावमा एमाओवादीलाई अगाडी ल्याउने पक्षमा धेरै स्थानिय लागेका छन ।
त्यस्तै विगतमा उनै नेताको प्रतिष्पर्धामा हजार देखि १५ सय मतको अन्तरमा एमालेले कांग्रेसलाई हराएको मतपरिणामको अनुमान लगाउनेहरुले प्रदिपको मतदाता पखालिदा कांग्रेसको खम्वा वलियो हुने बताउँछन् ।
त्यस्तै देवताको हैन दलितको खुट्टा ढोगौं भन्ने नारा लिएर चुनावी प्रचारप्रसारमा निस्केका स्थानिय एमाओवादी युवा नेता थापा केहीदिनदेखि नेता ज्ञवालीको गढमा छिरेका छन् । नागरिक आवाज सवांददातासँग मगंलवार टेलिफोन सम्पर्कमा कुराकानी गर्दै भन्नुभयो, –‘पहिलाको चुनावको तुलनामा यो चुनावमा जित्ने आशा वढेर आएको छ । ’ उहाले एमाले र काग्रेसका सयौ नेताहरु यस पटक एमाओवादीमा प्रवेश गरेको र यस पटक एमाओवादीप्रति जनता झन सकारात्मक भएर आएपछि आफ्नो जित सुचिस्चीत हुने देखीन्छ भन्नुभयो ।
नेता ज्ञवालीको घर रहेको बलेटक्सार गाविसको काखमा रहेका थानपति गाविसकामा पर्ने दुई दलित बस्ति रहेका वार्डहरुका करिव ८८ घर एमालेबाट एमाओवादीमा प्रवेश गर्दा र अन्य थुप्रै स्थानमा यस्तो घटना घटिरहँदा नेता ज्ञवालीलाई ठूलो झ्टका लाग्ने देखिएको छ । त्यस्तै वम्घा ५ टाहाटिमका स्थानिय जनताहरु पनि अहिले एमाओवादीप्रति सकारात्मक देखीएका छन । अघिल्लो चुनावमा एमालेलाई भोट दिएका धेरै स्थानियले यस पटक एमाओवादीलाई दिने सोच वनाएको वुझीएको छ ।
त्यस्तै मगंलवार युवा नेता अशोक थापा झमादीमा पुगेपछि उनले ८६ वर्षिय दलित वृद्धा मंगली सार्कीको खुट्टा ढोगेर आर्शिवाद माग्दै आफूलाई चुनावमा सफल हुने आशिर्वाद मागेका थिए । लामो समय एमालेको राजनीतिमा जिवन व्यतित गरेका झमादीका मेघ बहादुर बस्याल एमाले पार्टीसँगै एमाओवादीमा प्रवेश गरेपछि गाउँ नै एमाओवादीमा प्रवेश गरेको हो । मेघबहादुरले दलित बस्तीको झमादीमा विद्यालय नभएको अवस्थामा भवन निर्माणको लागि सहयोग गरेका छन् भने दलित बस्तीको दुखसुखमा सहयोगी बन्ने सामाजिक व्यत्तित्तो हुन् ।
यसरी गुल्मी क्षेत्र नम्वर दुई मा विगतमा भन्दा अहिले बेग्लै मतपरिणाम आउने आशामा धेरै मतदाता बसेका छन् । धेरैको आकलन अनुसार अघिल्लो पटक एमालेलाई भोट दिएका मतदाताहरु त्यसपछि कुनैपनि नयाँ कामहरु एमालेवाट विजयी भएका नेता ज्ञवालीले गर्न नसक्दा आक्रोसीत भई एमाओवादी अथवा काग्रेसतिर जानेछन ।