रुद्रहरि कुंवर
बुटवल, कात्तिक ७ – एमाओवादी बरिष्ट नेता तथा रुपन्देही क्षेत्र नं ४ का उम्मेदवार डा. बाबुराम भट्टराईले वुटवलमा एमालेले किल्ला तोड्ने बताउनु भएको छ । बिहिवार विहान एमाओवादी रुपन्देही वाईसिएल क्षेत्र नं ४ को प्रशिक्षण कार्यक्रममा उहाँले यस क्षेत्रलाई क्रान्तिकारीको किल्ला बनाएर छाड्ने बताउनभयो ।
नेता भट्टराईले निर्वाचनमा एमाले काँग्रेसको हुकाई निभ्ने वत्तिको अवस्थाको शंज्ञा दिनुभयो । उहाँले भन्नु भयो –उनिहरुले अन्तिम अस्त्र प्रयोग गर्दैछन, मर्ने वेलामा कमिलाको पखेटा पलाएको छ, काट्नु पर्ने अवस्था छ ।
युवा शक्ति क्रान्तिकारीहरुको महत्वपुर्ण शक्ति भएको बताउदै उहाँले वाईसिएल विचारको युवा शक्ति भएको वताउनु भयो । उहाँले भन्नुभयो – एमाले काग्रेसले पालेका युवा गुण्डा हुन हाम्रा विचारले प्रशिक्षित हुन । नेता भट्टराईले कुनै दलले गुण्डागर्दी गरे प्रतिवाद गर्ने निर्देशन दिनुभयो । अवसरवादी एमालेले मतदाताहरुलाई प्रलोभनमा पारेको वताउदै प्रलोभनमा नपर्ने आग्रह गरे । यसैबीच डा भट्टराईले वुटवल–१० मा आयोजित भेटघाट कार्यक्रममा सम्वोधन गर्दै जनपक्षिय संविधान निर्माणको लागी एमाओवादीलाई अत्यधिक वहुमतले विजय बनाउनु पर्ने बताउनुभयो । यसैबीच यहाका वुद्धिजिवी तथा प्राध्यापकहरुले डा. बाबुराम भट्टराईलाई अत्यधिक मतले विजयी जिताउनको लागि योजनावद्ध रुपमा लाग्ने भएका छन । नेता डा. बाबुराम भट्टराई क्रममा सहभागी वुद्धिजिबि तथा प्राध्यापकहरुसंगको अन्तरक्रिया कार्यक्रमा उहाँहरुले यस्तो बताउनु भएको हो ।