काठमाडौ, पुस ७ – अख्तियार दुरुपयोग अनुन्धान आयोगले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्दविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अञ्चल प्रहरी कार्यालय बाग्मतिको लागि जग्गा खरिद गर्दा एक करोड ७९ लाख ८२ हजार भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको अख्तियार स्रोतले जनाएको छ । सो प्रकरणमा अख्तियारले अन्य जना विरुद्ध पनि मुद्दा दायर गरेको छ ।
जग्गाधनीहरु राजकुमार भालु, सुनीलकुमार राजवंशी र रामेश्वर कायस्थसलाई समेत कानुन अनुसार सजाय र बिगो माग गर्दै मुद्दा दायर भएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।
काभ्रेको साँगामा २०६६ माघमा १९ लाख ६६ हजारमा किनबेच भएको तीन रोपनी दुई आना जग्गा तीन महिना २० दिनपछि चन्दले जग्गाधनीसँगको मिलोमतोमा एक करोड ९९ लाख ४८ हजार आठसय ९६ रुपैयाँमा बदनियतपूर्वक खरिद गरेको अख्तियारले जनाएको छ ।
सरकारलाई एक करोड ८० लाख रुपैयाँ हानी नोक्सानी पुर्याइएको भन्दै चन्दविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा ३ को खण्ड -झ) बमोजिम कैद सजाय र सोही ऐनको दफा -९१) बमोजिम बिगो बराबर जरिवाना दाबी गरिएको छ ।