सुरेन्द्र परियार
बुटवल २० पुष । फ्रेन्डशिप युथ क्लब दुधराक्ष १ रुपन्देहीले २०७० सालको देउसी भैलो बाट संकलित रकम बाट १ दिने स्वास्थ्य शिबिर आज ( शनिबार ) सम्पन्न गरेको छ ।
उक्त शिबिरमा दुधराक्ष गाबिशका ९ शय भन्दा बढि स्थानियले स्वास्थ्य परिक्षण गरेका छन् । शिबिरमा बरिष्ट फिजिसियन , हाडजोर्नी विशेषज्ञ , स्त्री रोग विशेषज्ञ र बाल रोग विशेषज्ञ द्धारा हाडजोर्नी , छाला , महिला को स्वास्थ सम्बन्धी , बालबालिका को स्वास्थ्य समस्याको निशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।
सोही अबशरमा भयोबृद्ध एबम सहाराबिहिन १ दम्पत्ति द्धारा स्वास्थ्य सेवा परिक्षणको समुद्धघाटन गरिएको थियो । दुधराक्ष्ँ १ आदिखोला निवाशी द्धम्पत्ति द्धय पदम बहादुर साही र सुमित्रा शाही लाइ क्लबले भौतिक सहयोग समेत प्रदान गरेको छ ।
देउसी भैलोको रकम बाट संकलित १ लाख ५० हजार रकम बाट शिबिरको आयोजना गरिएको क्लबका अध्यक्ष डिल्लीराज ढकालले बताउनुभयो । शिबिर अघि भएको औपचारिक कार्यक्रम मा बाल्दै विभिन्न संघ सस्था को सहयोग बाट शिबिरलाइ सफल पारिएको उहाको भनाइ छ । क्लबलाइ प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्ने सबैप्रति धन्यावाद दिदै उहाले समायनुकुल समाजमा विभिन्न सकारात्म कार्य गर्दै जाने समेत बताउनुभयो । शिबिर लाइ व्यबस्थित रुपमा सम्पन्न गर्नको लागी विभिन्न उप समिती हरु समेत बनाइएको थियो । शिबिरमा करिब २ लाख ५० हजार खर्च भएको बताइएको छ ।
क्लबका अध्यक्ष्ँ ढकालको अध्यक्ष्ँता , समाजसेबी क्या. पदम बहादुर तिवारीको प्रमुख आतिथ्यता मा कार्यक्रम भएको थियो । कार्यक्रममा मानबअधिकार तथा सान्ती समाज रुपन्देही साखाका सह सचिब डि पि खनाल , रेडियो मलमला का समाचार सहायक सुरेन्द्र परियार , मोहदत्त ढकाल लगायतको आथित्यता मा कार्यक्रम भएको थियो ।सोही कार्यक्रममा मानबअधिकार तथा सान्ती समाज रुपन्देही साखाका सह सचिब खनाल , जनकल्याण माबि दुधराक्षका विद्यालय व्यबस्थापन समिती अध्यक्ष गोपाल प्रसाद पोखरेल लयायतले बोल्दै देउसी भैलो बाट गरिएको महान कार्यप्रति प्रंससा गर्दै आगामी दिनमा पनि समाजमा सकारात्मक कार्य गर्न आग्रह गरेका थिए । उनिहरुले क्लब लाइ दिगो बनाउने तर्फ ध्यँन दिनुपर्ने भन्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
क्लबका सह सचिब रामु उपाध्याय को स्वागत र सचिब सुरेन्द्र परियारको सचांलन मा कार्यक्रम सम्पन्न भएको थियो । क्लबमा अहिले ७५ जना सदस्य रहेका छन् ।