स्वर डेव्यु अभिनत्री बेनिशा हमाल अभिनय सँगै लेखनक्षेत्रमा समेत हात अघि वढाएकि छिन् । उनिद्धारा लिखीत एक चलचित्रको केही महिना अघि मात्रै पत्रकारसम्मेलनमार्फत सार्वजनिक गरीन । नायीका वेनिसा अभिनीत चलचित्र ‘महसुश’ रिलीज भएपछि व्यस्तता अझ वढ्दो छ भन्छिन् उनि । नायीका हमालसँग नागरिक आवाज डट कम का लागी रामजी ज्ञवालीले गर्नुभएको छोटो मिठो फिल्मीगफगाफ :–
तपाईलाई चलचित्र कस्तो खालको हुनुपर्छ जस्तो लाग्छ ?
– खास त दर्शकहरुले मन पराउने खालका हुनुपर्छ । यसको मतलव चलचित्र भनेको दर्शकको भावनासँग जोडीएको हुनुपर्छ ।
चलचित्र हेर्ने वानि चाहि कत्तीको छ ?
– हेर्छु एकदमै ।
कस्ता खालका चलचित्र मन पराउनुहुन्छ ?
– सवै खालका चलचित्र हेर्छु समय पाएँसम्म । विशेष गरि मेरो भावनासँग मेल खाने खालका चलचित्र अल्ली वढि हेर्छु ।
चलचित्र हेरेर रुने वानि चाहि छ कि छैन ?
– बानि भन्दा पनि कहिलेकाही वहकिन्छ यो मन । वहकिएपछि रुने गरिहालिछ । म पनि रुन्छु, रोएको त्यस्ता धेरै उदाहरणहरु छन् ।
कुन चलचित्र हेरेर पछिल्लो पटक वहकिनुभयो ?
– केही समय अघि हेरेको हिन्दी चलचित्र ‘ए जवानि हे दिवानी’ हेरेपछि अलिक वढिनै भावुक भएकी थिए । रोएकी थिए । त्यसपछि चलचित्र राम्रा वनेपनि रुन चाहि रोएकी छैन । खै किन किन साह्रै भावनामा डुवुल्की मारिएछ हिन्दी सिनेमा ए जवानी हे दिवानीमा ।
के गर्दै वितेका छन् पछिल्ला दिन ?
– त्यस्तो नयाँ केही छैन । पढ्दैछु । पढाईमा समय छुट्याएकी छु ।
कस्तो मान्दै हुनुहुन्छ नेपाली चलचित्र ?
– विस्तारैविस्तारै चेन्ज भएका छौ, नयाँ मान्छेको आगमन, नयाँ सोचको आगमनले पनि राम्रा खालका चलचित्रहरु वन्ने होड चल्न थालेको छ । केही हदसम्म व्यवसायीक रुपमा असफल छौं । तरपनि नेपाली चलचित्र राम्रा खालका पनि वनेकोलाई हामीले सकारात्मक मान्नुपर्छ । त्यस्तै नेपाली फिल्मले पछिल्लो समय दर्शकहरुको साथ समेत राम्रो पाउदै गएका छन् । खुसीको कुरा हो ।
तपाई चलचित्र अभिनय गर्नुहुन्छ, के का लागि अभिनय गर्नुहुन्छ ?
– मेरो हकमा नढाटिकन भन्नुपर्दा आत्मसन्तुष्टिकै लागि हो ।
व्यक्तीगत लाईफ गुमेको छ भन्छन् कलाकारहरुले, यस्तो हुदा लाग्दैन तपाईलाई कहिलेकाही किन यो पेशामा आएछु भन्ने ?
– त्यस्तो पछुतो मान्न त परेको छैन, तर कहिलेकाही व्यक्तीगत जिवनमा हिडीरहेको समयमा पनि क्यामेरा आफुतिर तेर्सिदा चाहि फरक फिलीङ हुन्छ । सधै क्यामेरा सधै क्यामेरा ।