रामजी ज्ञवाली
बुटवल । ५० बर्षमा प्रवेश गर्दै गर्दा नायक राजेश हमालले प्रेमिका मधु भट्टराइलाई बेहुली बनाएका छन । राजधानिको अन्नपूर्ण होटलमा शनिवार विहे गरेका हमाल ३१ बर्षको उमेरमा ‘अधिकार’ सिनेमाका लागि पहिलो पटक पर्दामा बेहुला बनेका थिए । यसपश्चात भने सिनेमाको पर्दामा उनी थुप्रै पटक बेहुला बने । फरक के पाए त हमालले, हाँस्दै भने ,‘सिनेमाको पर्दामा जुत्ता लुकाइदैनथ्यो, यहाँ लुकाइयो ।’
मधु पनि राजेश हमाललाई बेहुला पाउँदा निक्कै खुशी देखिइन् । उनले राजेश हमालमा एक मात्र गुण भएर बिहे नगरेको बताइन् । बोल्न केही लजालु देखिएकी मधु संचारकर्मीका केही प्रश्नमा हमालसँग नै सल्लाह गर्थिन् ।
चिनजान भएको ९ बर्षमा लगनकाँठो कसेका हमालको बिहेमा सिनेमा क्षेत्रका कोही पनि व्यक्ती सहभागी थिएनन् न त सचांरकर्मीहरुनै । सचांरकर्मीहरु विहे सकाएपछि मात्रै प्रवेश पाएका थिए । हमाल आफन्तमात्र बिहेमा देखिए । करिब १ सयको हारहारीमा मात्र हमालका नजिकका आफन्त बिहेमा सहभागी थिए ।
मधु हाल कुनै पनि पेशामा आवद्ध छैनन् । उनले आफूले के गर्ने भनेर तत्काल नसोचेको बताइन् । पछि मात्र आफ्नो रुचीको बिषयमा काम गर्ने मधुको भनाई छ ।
धुलिखेल रिसोर्टमा सुहागरात
बिहे गरेपछि बेहुलीलाई लिएर आफ्नो घरमा पुग्ने चलन हुन्छ । तर हमालले भने यसो नगर्ने बताए । दिदी भिनाजुले द्धारिका रिसोर्ट धुलिखेलमा हमाल र मधुको लागि बस्ने व्यवस्था गरिदिएका रहेछन् । हमालको सुहागरात त्यही रिसोर्टमा हुनेछ । प्रेमिका मधु भट्टराइलाई घर भित्राउन पाउँदा हमाल जती खुशी छन्, मधु पनि दंग छिन् ।
यहाँवाट सुरु भएको थियो उनिहरुको सम्वन्ध
– झण्डै नौ बर्È अघि मई २८ तारिकमा मधु–हमालको पहिलो भेट भएको थियो । पा“चतारे होटल हायातमा एक कार्यक्रमको बेला यो जोडीको मिलन भएको हमालले आफै दैनिकपत्रलाई जानकारी दिएका थिए । अचानक भेटिएकी मधुलाई पहिलोपटक भेट्दानै आफु आकर्षीत भएको र मनमा उक्त भेटघाटलाई अझ बढाऊ“ भन्ने सोंच जागेको महानायक हमालले वताए । आफुहरुको प्रेम विस्तारै वस्दै गएपनि कसैले प्रपोज भने नगरेको उनले वताए । प्रपोज भनेर कसैले पनि गरिएन तर अर्को भेटका कुराहरु हुदै गए, विस्तारै प्रेमको विरुवा वढ्दै गएको हो भन्छन हमाल । आपसी समझदारीमा सम्बन्ध राखांै भन्ने कुरा भएका हुन् । न उहाले प्रपोज हान्नुभएको हो न मैले नै । सम्बन्धलाई विस्तार गर्दै जादा यो स्थानसम्म आउन सफल भयौं, हमालले भने ।
हमालको वुझाईमा प्रेम र यसको महत्व
– प्रेम असाध्यै जटिल विषयवस्तु पनि हो । किनकि यसमा आनन्द छ, दुःख छ र सुख पनि । यसले निकै खुसी दिन पनि सक्छ भने यसैबाट निकै निराश पनि हुन सक्ने अवस्था हुन्छ । यदि त्यो प्रेम सही व्यक्तीस“ग र स्वच्छ छ भने त्यसले वेग्लै ऊर्जा दिन सक्छ जस्तो लाग्छ । र यसको महत्व त अयाध्यैनै हुन्छ किनकी प्रेमविना जीवन गाह्रो छ जस्तो लाग्छ । प्रेमीस“गको सम्बन्धविना कुनै पनि मान्छेको जिवनको यात्रा पार गर्न निकै गाह्रो हुन्छ । प्रेम गर्न चाहेको व्यक्रीसँग प्रेमीहरु ह“ुदा खुसी भइएला भने छुट्टीनुपर्दा त्यो जस्तो दुःख अरु केहीपनि हुदैन । तर प्रेम राम्रो भएको खण्डमा चाहि“ यसले जीवनलाई पूर्णता दिन्छ । जीवनलाई अझ राम्रोसँग अगाडि बढाउन सकिन्छ र जीवनमा थप ऊर्जा पनि दिन्छ । यदि त्यो प्रेम सही व्ययक्तीसँग र स्वच्छ छ भने त्यसले वेग्लै ऊर्जा दिन सक्छ जस्तो लाग्छ ।
प्रेमीकाको तारिफ यसरी गर्छन हमाल
– आफूले रोजेको प्रेमिकाको तारिफ त म मात्रै हैन हरेक प्रेमीले गरिहाल्छ जस्तो लाग्छ । त्यसमा म पनि अछुत छैन । विहेपछि अगाडिको पाटो के हुन्छ थाहा भएन । मेरी हुनेवाला श्रीमती ठीक हुनुहुन्छ । उहा“ मेरो चरित्रका लागि मिल्दो हुनुुहुन्छ । मेरो विचार, बुझाइ र जीवनशैलीस“ग मिल्दो हुनुहुन्छ । मलाई सधैं साथ दिनुहुन्छ जस्तो लागेको छ ।
मधुनै हुन त पहिलो प्रेमीका ?
– हैन । हमालको जीवनमा प्रेमिका भनेर नै राम्रोसँग सम्बन्ध भएका पाच जना जति भैसकेका थिए । उनले वताए अनुसार सामान्य प्रेमीका कति भए ख्याल भएन । तर सम्झनामा आए अनुसार पाच जना युवतिसँग राम्रैसम्वन्ध भयो उनको । हमालको सम्वन्ध नेपाल वाहेक वाहीरी देशका युवतिसँग पनि राम्रो भयो ।
दाम्पत्य जिवन कस्तो वनाउने सोच छ त हमालको ?
– हरेक मान्छेले आफ्नो भविष्यको वारेमा पुर्ण रुपमा थाहा नपाएपनि विभीन्न योजनाहरु भने वनाएका हुन्छन । तर महानायक हमाल आफ्नो दाम्पत्य जीवन शान्तिपर्ण आपसी समझदारी, सुखमयमा अगाडि बढोस् भन्ने चाहेका छन । वच्चावच्ची कति, विहेपछि के कस्ता खालका योजनाहरु लगायत आदि ईतयादि विषयमा हमालले खुलेर मुख खोलेनन् ।
यसैवर्ष निर्देशक पनि वन्ने
नायक राजेश हमालले आफू यसैबर्ष निर्देशक हुने बताएका छन । ‘मैले गर्ने सिनेमाको काम अगाडि बढिरहेको छ, संभवत यही बर्ष म निर्देशनमा लाग्छु होला’ हमालले भने । त्यसो त यसअघि २०७० सालअघिनै आफु निर्देशक हुने उनले वताएका थिए ।
नायक राजेश हमाललाई सुखद दाम्पत्य जीवनको हार्दिक शुभकामना ।