नागरिक आवाज/काठमाडौं, माघ ९ –
अन्तर्राष्ट्रिय फुटबलमा उपाधि जितेर घर फर्किएको नेपाली टोलीलाई भब्य स्वागत गरिएकाे छ ।२३ वर्षपछि उपाधि चुमेकाे टाेलीलाइ स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुभेच्छुकहरूको भिड छ ।नेपाली टोलीलाई स्वागत गर्न सर्वसधारणदेखि सरकारी अधिकारीहरूको बाक्लो उपस्थिति रहेको छ।
नेपालले शुक्रबार ढाकामा बहराइन यु २३ लाई फाइलमा ३-० गोल अन्तरले हराउँदै ऐतिहासिक सफलता हात पारेको हो।
टोलीलाई एयरपोर्टबाट गौशाला, नयाँ बानेश्वर, सिंहदरबार, भद्रकाली, रत्नपार्क हुँदै दशरथ रंगशाला लगिने एन्फाले जनाएको छ। एन्फाले विजेता टोलीका प्रत्येक सदस्यलाई ५ लाख र राखेपले २ लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ।
-तस्वीर बिबिसि नेपालीकाे फेसबुकपेजबाट ।
नछुटाउनुहाेला :- बङबन्धु कप फुटबलको उपाधि नेपाललाई
बहराइन विरुद्ध नेपालको अग्रता,पाँच मिनेटमै बिमलकाे गोल
यसमा तपाइको मत
फेसबुक
ट्वीटर
Tweets by @NagarikAawaj