कपिल ज्ञवाली/बुटवल,पुस ८ ।
पूर्वराजाको सक्रियता बढिरहेका बेला रक्षा मन्त्री बालकृष्ण खांणले नेपालमा कुनै मुकुण्डो लगाएर पनि राजतन्त्र फर्कन नसक्ने बताएका छन् ।
‘कुनैपनि मुल्य र मान्यतामा नेपालमा राजतन्त्र फर्कन संभब छैन,यो कल्पनै नगर्नुस् ।’ खांणले भने ।
बुटवल उद्योग बाणिज्य संघको आयोजनामा आजबाट बुटवलमा शुरु भएको १७ औं संस्करणको औद्योगिक ब्यापार मेलाको उद््घाटन गर्दै मन्त्री खांणले राजतन्त्रका बारेमा धेरै भ्रम नपाल्न आग्रह गरे ।
रक्षामन्त्री खांणले मुलुक समृद्धीका लागि यसप्रकारमा मेला ,महोत्सवले सकारात्मक भुमिका खेल्ने बताए ।
उनले प्रदेश नम्बरपांचमा भैरहेको आन्दोलन सकारात्मक भएपनि बन्दका कारण अर्थतन्त्र तहसनहस भैरहेको भन्दै त्यसतर्फ पनि सोंच्न आग्रह गरे ।
‘लुम्बिनी प्रदेशको बिकासका लागि पो पो बन्द गर्ने हो,बिकासका लागि प्रतिकुल प्रभाब पार्ने बन्द नर्गनुस्,’ उनले भने ।
उनले जनताको हित बिपरित सरकार अघि बढ्न नसक्ने बताए । ‘संसोधन प्रस्ताव दर्ता गर्ने बेला पनि प्रधानमन्त्रीलाइ मैले भनेकै छु,दुइ तिहाइ बहुमत पुग्ने सुनिश्चितता हुनैपर्छ, पास भएन भन के गर्ने ?’
उनले जनताका लागि सरकार,संसद छोड्न तयार रहेको तर तर कांग्रेस भने छोड्न नसक्ने बताए ।‘राजनीति त मृत्यु प्रयन्त पनि चाहिन्छ ।आज हामी बिपि,मदन भण्डारी, किन सम्झन्छौं त’ ? उनले सुनाए ।
उनले रुपन्देहीको शान्ति सुरक्षामा गम्भिर बन्न प्रहरी प्रशासनलाइ आग्रह गरे । मेलामा ५ सय ५० स्टल छन् । २३ गतेसम्म जारी रहने मेलामा १५ करोडको कारोबारको लक्ष्य रहेको महासचिब हरि अर्यालले बताए ।
आजदेखि बुटवल मण्डपमा १७ औं संस्करणको औद्योगिक व्यापार मेला
-तस्वीर दिनेश श्रेष्ठ