नागरिक आवाज /बुटवल,भदौ २७ ।
यहि भदौ ३० गतेबाट रिलिज हुन लागेको फिल्म जोनी जेन्टलम्यानको टोली देश दौडाहामा निस्किएको छ । नायक पल शाह र नायिका आँचल शर्माका लागि यो फिल्म निकै महत्वपूर्ण मानिएको छ ।
फिल्मले श्री अर्थात् आंचलका कारण पल जोनीबाट कसरि जेन्टलम्यान बन्छन् भन्ने देखाएको छ । चलचित्र पत्रकार संघ रुपन्देहीको आयोजनामा बुटवलमा जोनी जेन्टलम्यान टिमले मंगलबार पत्रकार भेटघाट गरेको हो । नायक पल शाहले जोनी जेन्टलम्यान दर्शकले खोजे जस्तो फिल्म रहेको बताए ।
पलले जोनी जेन्टलम्यान उत्कृष्ट फिल्म बनेको बताए । नितिन चन्दको निर्देशन र एन्ड्रियु पौडेलको निर्माणमा तयार भएको यो फिल्ममा पल शाह, आँचल शर्मा, विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको मुख्य भूमिका छ । यसअघि पल र आँचलले फिल्म नाई नभन्नू ल ४ मा अभिनय गरेका थिए ।
म यस्तो गीत गाउछु हिट भएपछि पल अभिनित तेस्रो फिल्मजोनी जेन्टलम्यान अहिले प्रतिक्षित बनेको छ । नायिका आँचल शर्माले जोनी जेन्टलम्यानमा आफूले एउटा एनजिओमा काम यूवतीको भूमिका निर्वाह गरेको बताइन् ।
फिल्ममा रुपेश थापा, रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको डाइलग, स्टोरी र स्क्रिप्ट छ ।
अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो फिल्ममा सन्जु शाह सह—निर्माताको रुपमा रहेका छन् ।कार्यक्रम सुमन श्रेष्ठको अध्यक्षता तथा रमेश अर्यालको संचालनमा भएको थियो ।