Loading...

नवदुर्गाका अनेक स्वरुप, हेरौं फोटो फिचर

बिहिबार, अशोज १९, २०७४
  • नागरिक आवाज
  • नागरिक आवाज/बुटवल१९ आश्विन ।

    बुटवल नयागांउमा स्थापना गरिएको दुर्गा देबीको मूर्ति। तस्वीर: कपिल ज्ञवाली/नागरिक आवाज ।

    नवदुर्गामा देबीका बिभिन्न रुप देख्न पाइन्छ । हिन्दु नेपालीहरुको देबिका नौ रुपको पूजा अर्चना गरेका छन् । आजबाट बडादशैं सकिदै छ ।   

     

    शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्रीलगायत नवदुर्गाका स्वरुपहरुको पूजा गर्ने गरिन्छ ।आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ ।

    आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।

     

    आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै शुरु हुन्छ ।

    आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान गरेर महापातकबाट पनि मुक्त भइने विश्वास छ । कात्तिक स्नान गर्नेले आजदेखि कात्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । 

     

    यसमा तपाइको मत
    फेसबुक
    ट्वीटर
    स्थानीय समाचार बाट अन्य समाचार