नागरिक आवाज /बुटवल ,५ मंसिर।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनका लागि राष्ट्रिय मतादाता जागरण अभियान सुरु गरेको छ ।
प्रदेश र प्रतिनिधी सभा चुनावमा विद्यार्थी परिषदको अभियान लोकतन्त्रलाई संस्थागत गर्नका लागि मतदान भन्ने नाराका साथ राष्ट्रिय मतदाता जागरण अभियानको सुरु गरेको बताएको छ ।
परिषद्ले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी देशका ७३ जिल्लामा मतदाता जागरण अभियान सुरु भएको र रुपन्देहीमा पनि मतदाता जागरण अभियान सुरु भएको बताएको छ ।
परिषद्का केन्द्रीय राष्ट्रिय उपाध्यक्ष अच्युत पन्तले निर्वाचनमा योग्य र चरित्रवान व्यक्तिको जीत नै विकासको आधार भएको भन्दै त्यसका लागि मतदाता जागरण अभियान चलाइएको बताए । उनले पर्चा, पोष्टर स्टीकर वितरण तथा मतदाता अभिमुखिकरण कार्यक्रम गर्दै मतदाता जागरण कार्यक्रम गर्ने बताए ।
उनले निर्वाचनको समय आईसक्दा पनि सातै वटै प्रदेशको राजधानी उपयुक्त स्थानमा तग गर्ने र प्रदेश सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पुर्वधार एवं स्रोत साधनको व्यवस्थापन सरकारले नगरेको भन्दै तत्काल व्यवस्था गर्न आग्रह गरे ।
परिषदका राष्ट्रिय सचिव क्षितराज न्यौपानेले लोकतन्त्रलाई कमजोर बनाउने गरी एक दल एक बिचार र एक संस्था मार्फत देशलाई निरङकुशता तर्फ बढाउने संकेत भएको भन्दै अब सवैले सोच्ने बेला आएको बताए ।
पत्रकार सम्मेलनमा परिषदको केन्द्रीय कार्यकारणी समितिको बैठकले शिक्षा एने २०२८ को नवौ संसोधनलाई पुर्न मुल्याकन गर्न समेत आग्रह गरेको जानाकारी गराइएको थियो । कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका जिल्ला अध्यक्ष एवं एम्स कलेजका क्याम्पस प्रमुख दिपक ढकाल, सुरेन्द्र प्रसाद यादव लगाएतले बोलेका थिए । तस्वीर: कपिल ज्ञवाली/नागरिक आवाज ।