नागरिक आवाज/बुटवल,मंसिर ५ ।
बुटवलका पत्रकार प्रकाश डुम्रेलाइ प्रहरीले गिरफ्तार गरेको छ ।
उनलाई रुपन्देही एमाले र माओवादी केन्द्रले जिल्ला पार्टी कार्यालय बुटवलमा आयोजना गरेको संयुक्त कार्यक्रमबाटै गिरफ्तार गरेको हो ।
पत्रकार महासंघका कार्यसमिति सदस्य,गर्जन साप्ताहिकका सम्पादक समेत रहेका डुम्रे क्रान्तिकारी पत्रकार संगठन,लुम्बिनी क्षेत्रिय समन्वय समितिका संयोजक पनि हुन् ।
प्रहरीले गरेको गिरफ्तार पछि पत्रकार महासंघ सहितका पत्रकार सम्बद्ध संघ संगठनले उनलाइ बिनासर्त रिहाइको माग गरेका छन् ।
त्यस्तै महासंघका पूर्व कोषाध्यक्ष तथा साहित्यकार दीपक विश्वकर्मालाई पनि गिरफ्तार गरेको हो ।
पत्रकार महासंघका रुपन्देही अध्यक्ष यानेन्द्र जिसिले प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै तुरुन्त रिहा गरेर प्रेस स्वतन्त्रता र अधिकारको ग्यारेन्टी गर्न माग गरेका छन् ।
उनीसंगै प्रहरीले रुपन्देहीका १२ जना बिप्लवका कार्यकर्तालाइ पक्राउ पनि गरेको हो । इलाका प्रहरी कार्यालयले अनुसन्धानका लागि गिरफ्तार गरेको जनाएको छ ।