Loading...

कांग्रेस बरिष्ठ नेता पौडेलले भने-‘कम्युनिष्ठ गठबन्धन राष्ट्रका लागि अनिष्टकारी’

कम्युनिष्ट गठबन्धनको सपना धरासायी हुन्छ


शनिबार, मंसिर ९, २०७४
  • नागरिक आवाज
  • नागरिक आवाज/बुटवल,मंसिर ९ ।

    नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ठ गठबन्धन राष्ट्रका लागि अनिष्ठकारी भएको बताएका छन् ।

    नेपाली कांग्रेस नवलपरासीले सुनवलमा आयोजना गरेको बृहत आमसभालाइ सम्बोधन गर्दे नेता पौडेलले कांग्रेस समस्या समाधान गर्ने र कम्युनिष्ठहरु समस्या जन्माउने पार्टी भएको बताए ।

    पौडेलले  नेपाललाइ कम्युनिजम स्विकार्य नभएको भन्दै गठबन्धनको भबिश्य समेत नरहेको जिकिर गरे । ‘कम्युनिष्ट गठबन्धनको सपना धरासायी हुन्छ,ध्वस्त हुनेवाला छ ’ पौडेलले  भने ।

    मंसिर १० र २१ गतेको निर्वाचनमा कांग्रेसले दुइ तिहाइ ल्याउछ सहित बहुमत सिट जित्ने उनको भनाइ छ ।

    ‘लामो प्रयास र सहमति पछि निर्माण गरिएको संबिधानलाइ कम्युनिष्टहरुले संबिधान उल्टाउने प्रयास गरेका छन् त्याने राष्ट्रका लागि बेइमानी हो।’  -उनले भने ।
    संसदीय लोकतन्त्रको बिकल्प कसैले खोज्न नसक्ने भन्दै उनले राजा महेन्द्र प्रचण्डहरु लोकतन्त्रको बिकल्प खोज्दा असफल भएको बताए । आम सभामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा ,कांग्रेस नेता  देबेन्द्रराज कडेंल लगायतले बोलेका थिए ।

    सो अबसरमा अन्य पार्टी छाडेर कांग्रेसमा सयौं कार्यकर्ता समेत प्रबेश गरेका छन् ।

    यसमा तपाइको मत
    फेसबुक
    ट्वीटर
    स्थानीय समाचार बाट अन्य समाचार