कपिल ज्ञवाली/बुटवल,मंसिर ९ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संबिधान र लोकतन्त्र खतम पार्ने प्रयास गर्ने कम्युनिष्ठहरुलाइ परास्त गर्न कार्यकर्तालाइ निर्देशन दिएका छन् ।
नेपालमा अधिनायकबादी कम्युनिष्टको शासन ल्याउने प्रयास भैरहेको भन्दै अब जनताले त्यसलाइ असफल बनाउनुपर्ने बेला आएको बताएका छन् ।
रुपन्देहीको देबदहमा संयुक्त लोकतान्त्रिक गठबन्धन क्षेत्र न १ रुपन्देहीले आयोजना गरेको बृहत चुनाबी सभालाइ सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले कांग्रेसकै नेतृत्वमा संबिधान निर्माण भएको भन्दै अब आर्थिक समृद्धि र स्थायी लोकतान्त्रिक ब्यबस्थाका लागि कांग्रेसलाइ जिताउनुपर्ने बताए ।
‘कांग्रेसले नै राणा,पञ्चायत,राजतन्त्र फ्यांक्यो,अब तानाशाहि कम्युनिटलाइ पनि पराजित गर्नुपर्छ’ उनले भने ।
नेपालमा लोकतन्त्रलाइ कसैले कमजोर बनाउन नसक्ने उनको बिश्वास छ ।जनतालाइ सर्बसत्ता सम्पन्न गराउने कांग्रेसको चाहना रहेको भन्दै देउवाले जनताको सबै चाहना कांग्रेसले नै पूरा गर्ने उल्लेख गरे ।
‘कांग्रेसलाइ संसारले पत्याउछ,नेपालमा लगानी पनि ल्याउन सकिन्छ, देशलाइ सम्पन्न,धनी बनाउन कांग्रेसनै चाहिन्छ ।’ ‘स्थायी लोकतान्त्रिक ब्यबस्था,कसैले खोस्न नसक्ने अधिकार स्थापित गर्न कांग्रेसको बिकल्प छैन’ ।
रुस-चीनमा लोप भएको कम्युनिष्ट शासन नेपालमा असम्भब:
प्रधानमन्त्री देउवाले नेपालमा कम्युनिष्टको शासन आएमा नेपालका सबै चाहना अधुरा हुने दाबि गरे ।‘बोल्न नपाइने,लेख्न नपाइने ,एकदलिय कम्युनिष्ट सर्बसत्ताबादी शासन रोज्ने की आफै मालिक बन्ने लोकतन्त्र रोज्ने ’ उनले प्रश्न गरे ।
‘रुसमा लेलिनबाद छैन चीनमा माओबाद छैन संसारभर असफल भएको कम्युनिष्ट शासन नेपालमा कसरी स्थापना हुन्छ ?’डर त्रासको शासन जनताले नस्विकार्ने भन्दै उनले जनतालाइ मालिक बनाउन कांग्रेलाइ जिताउनुको बिकल्प नभएको बताए ।
देबदहलाइ गुरुयोजनामा राखेर पबित्र स्थल बनाउने :
भगवान बुद्धको मावली देबदहलाइ पनि लुम्बिनीको जस्तै गुरुयोजना बनाएर बिकास गरिने उनले प्रतिबद्धता जनाए ।
देउवाले भने—‘देबदहलाइ गुरुयोजनामा राखेर पबित्र स्थल बनाउछौं,कांग्रेसलाइ जिताउनूस्,कम्युनिष्टहरु त धर्मै मान्दैनन् देउता मान्दैनन् नी ।’