नागरिक आवाज/बुटवल,मंसिर १२ ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा कम्युनिष्ठ शासनको शासन घोर पक्षपाती शासन भएको दाबि गरेका छन् ।
राजनीतिक स्वतन्त्रताको दमन गर्ने र नया शोषक बर्ग जन्माउने भएकाले यस्को भण्डाफोर गर्नुपर्ने बताए । ‘नेपाल कसैको प्रयोग शाला हुनै सक्दैन, साम्यबाद प्रयोग हुनै सक्दैन,नेपाललाइ डम्पिङ साइट बनाउन दिदैनौ’ कांग्रेस नेता पौडेलले कांग्रेस समस्या समाधान गर्ने र कम्युनिष्ठहरु समस्या जन्माउने पार्टी भएको बताए ।
रुपन्देहीको निर्वाचन क्षेत्र न ५ ले सालझण्डीमा आयोजना गरेको बृहत चुनावी सभालाइ सम्बोधन गर्दै पौडेलले नेपाललाइ कम्युनिजम स्विकार्य नभएको भन्दै गठबन्धनको भबिश्य समेत नरहेको जिकिर गरे । ‘कम्युनिष्ट गठबन्धनको सपना धरासायी हुन्छ,ध्वस्त हुनेवाला छ’ पौडेलले भने ।
मंसिर १० र २१ गतेको निर्वाचनमा कांग्रेसले दुइ तिहाइ ल्याउछ सहित बहुमत सिट जित्ने उनको भनाइ छ । जनताले कम्युनिष्टलाइ भोट दिए आत्मघाती हुने उनको दाबि छ ।
‘लामो प्रयास र सहमति पछि निर्माण गरिएको संबिधानलाइ कम्युनिष्टहरुले संबिधान उल्टाउने प्रयास गरेका छन् त्याने राष्ट्रका लागि बेइमानी हो ।’उनले भने ।
संसदीय लोकतन्त्रको बिकल्प कसैले खोज्न नसक्ने भन्दै उनले भनाइ छ । दक्षिणपन्थी र बामपन्थी शक्ति सल्बलाएका छन् सबै सजग बनौ उनले सुनाए ।
अबको जमानना कम्युनिष्टकोे नभइ लोकतन्त्रको भएको उनको भनाइ छ ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला,निर्बाचन परिचालन समन्वय समितिका संयोजक बालकृष्ण खांण, रुपन्देही निर्वाचन क्षेत्र न ५ का प्रतिनिधिसभा उम्मेदवार भरतकुमार शाह,प्रदेशसभाका उम्मेदबार बिष्णु पोखरेल,फकरुद्धिन खांन,समानुपातिक उम्मेदबार अनिता शाह ,पुष्पा भुसाल,उद्योगपति तथा कांग्रेस समानुपातिक उम्मेदबार बिनोद चौधरी लगायतले बोलेका थिए ।