मंसिर १३ बुटवल ।
राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र नं २ का उम्मेद्वार केवी पुनले चुनावी घरदैलोलाई निरन्तरता दिएका छन् । उनले आज बुधबार बुटवल उपमहानगरपालिका वडा नं ७ दीपनगरका मतदाताहरुसंग भोट मागेका छन् ।
उनीसंगै क्षेत्र नं २ प्रदेश सभा सदस्य ख का उम्मेद्वार दुर्गा बहादुर थापाले पनि मतदाताहरुसंग आफुलाई मत दिन आग्रह गरेका छन् । उता जनमुक्तिका क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य पद्का उम्मेद्वार झम बहादुर गुरुङ्गले सबै ठाउँमा बराबर रुपमा विकास र कानुनी राज्यको प्रत्याभूतीका लागि आफ्नो उम्मेद्वारी रहेकाले जीतपश्चात आफ्नो अर्काको नभनी सबै क्षेत्रको एक रुपले विकास गर्ने मतदाताहरुसंग प्रतिबद्धता ब्यक्त गरेका छन् ।
नेताहरुले विकासका कार्यलाई भोट बैंक मात्रै बनाएकाले अहिलेसम्म वास्तविक विकासको अनुभव जनताले गर्न नपाएकोमा आफु दुःखि रहेको भन्दै आफ्नो जीतपश्चात जनताले समावेशी भौतिक विकासको अवधारणा अनुरुप विकासको मुहार हेर्न पाउने दावी गरेका छन् ।
क्षेत्र नं १ का प्रदेश सभा सदस्यहरु लिलमाया राना र आश बहादुर गुरुङ्ग लगायतलाई लिएर देवदह, केवली र ओमसतियामा बुधबार चुनावी चुनावी प्रचारप्रसारमा रहेका गुरुङ्गले आफ्नो जीत सुनिस्चित रहेको दावी समेत गरेका छन् । क्षेत्र नं १ ले बिहिबार बृहत चुनावी ¥याली समेत गर्ने जनाएको छ ।
भलबारीबाट ¥याली सुरु गरेर,तिलोत्तमा,देवदह खैरेनी हुँदै मंगलापुरमा आएर कोण सभा गर्ने कार्यक्रम तय भएको क्षेत्रीय संयोजक प्रेम थापाले जानकारी दिनुभयो । यसैबीच राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही क्षेत्र नं ३ क र ख का प्रदेश सभा सदस्य पद्का युवा उम्मेद्वारहरु रेखाप्रसाद चौधरी र चित्रप्रसाद गुरुङ्गले बुटवल उपमहानगरपालिका वडा नं १७, १८, मोतीपुर, जनकपुर र हरिहरपुरका मतदाताहरुसंग छलफल र भेटघाट गरेका छन् ।