रुपन्देही ,१३ मंसिर-
प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिदै गर्दा नेपाली कांग्रेसले प्रचारप्रसारलाई प्रभावकारी बनाउन रुपन्देही क्षेत्रनम्बर एकमा नेविसंघ तथा तरुण दललाई परिचालन गर्ने भएको छ ।
रुपन्देहीको क्षेत्रनम्बर एक अन्तरर्गतका नगरपालिका तथा गाउपालिकाका वडाहरुमा कांग्रेसले नेविसंघका विद्यार्थी तथा तरुण दलका युवाहरुलाई परिचालन गर्ने भएको हो ।
एकातर्फ निर्वाचन नजिकिदै जाने र मतदाताहरुले निर्वाचनमा मत कस्लाई हाल्ने तथा मतदान कसरी गर्ने भन्ने बारेमा अनविज्ञ भएको भन्दै कांग्रेसले मतदाता शिक्षा सहितको घरदैलो तथा जनभेटघाटका लागि गाँउगाँउमा विद्यार्थी नेता तथा तरुण युवाहरुलाई परिचालन गर्ने भएको निर्वांचन परिचालन तथा प्रचारप्रसार समितिका संयोजक हिराबहादुर खत्रीले जानकारी दिनुभयो ।
उहाँले आम जनसमुदायलाई लोकतन्त्रको पक्षमा जनमत बटुल्न तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन विद्यार्थी तथा तरुण युवाहरुलाई परिचालन गरिएको जानकारी दिनुभयो ।
यसैबीच लोकतान्त्रिक गठबन्धनले बुधबार रुपन्देहीको क्षेत्रनम्बर एकमा कांग्रेसको घरदैलो तथा जनभेटघाट जारी राखेको छ । घरदैलो कार्यक्रममा सहभागि हुनु भएका प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले गरिव विपन्न तथा पछाडि परेको समुदायको आर्थिक उन्नतिका लागि कांग्रेसले योजना सहितको पं्रतिवद्धता गरेकाले ति वर्गको समृद्धिका लागि पनि लोकतान्त्रिक गठबन्धनलाई जिताउनु पर्ने बताउनुभयो ।
घरदैलोमा प्रदेश सभा सदस्यका उम्मेदवार हरि न्यौपाने, ताहिर अलि, जिल्ला सदस्य बासुदेव रिमाल, राप्रपा प्रजातान्त्रिकका ज्ञानु तिवारी, नेपाल विद्यार्र्थी संघ देवदह आदर्श बहुमुखि क्याम्पसका सभापति शंकर गिरी लगायतले लोकतन्त्रको पक्षमा ठुलो जनमत बनेकाले लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित भएको बताउनुभयो ।
यसैबीच तरुण दल, नेविसंघ तथा महिला संघका भेला तथा चुनाव केन्द्रित छलफल कार्यक्रमहरु जारी रहेको तरुण दल क्षेत्रनम्बर एकको क का संयोजक बिजय गरुङ्गले जानकारी दिनुभयो ।