Loading...

बुटवल,भैरहवा र मर्चवारमा अाज कांग्रेसकाे बृहत चुनावी सभा

सोमवार, मंसिर १८, २०७४
  • नागरिक आवाज
  • नागरिक आवाज/ बुटवल,मंसिर १८ ।

    नेपाली कांग्रेसले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनकाे प्रचार-प्रसार अन्तर्गत  अाज रुपन्देहीमा अन्तिम चुनावी सभा गर्दैछ ।रुपन्देहीका तीन स्थानमा बृहत चुनावी सभाको तयारी पूरा भएको हो ।

    चुनाव प्रचारप्रसारको अन्तिम दिन मंसिर १८ गते सोमबार बुटवलको ट्राफिकचोकमा,दक्षिण मर्चवारको मझगावा र भैरहवाको बुद्धचोकमा बृहत बृहत चुनावी सभाको आयोजना गरिएको नेपाली कांग्रेस रुपन्देहीका सचिब रामकृष्ण खांणले जानकारी दिनुभयो ।

    बुटवलको चुनावी सभाअाज  बिहान १० बजे शुरु हुने र लगत्तै भैरहवा र मर्चबारमा सभा हुने जनाइएको छ ।ती स्थानहरुमा तयारी अपूरा भएको छ ।

    बुटवल,भैरहवा र मर्चवारमा हुने तीन वटै सभामा नेपाली कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक बालकृष्ण खांण,केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री डा रामशरण महत,केन्द्रिय सदस्य तथा समानुपातिक उम्मेदबार पुष्पा भुसाल,अर्का केन्द्रिय सदस्य उमादेबी जैशी,पूर्व मन्त्री चित्रलेखा यादब लगायतको केन्द्रिय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

    कांग्रेसले बुटवल,भैरहवा र मर्चवारमा  बृहत चुनावी सभा गर्दै,केन्द्रिय नेताहरुले सम्बोधन गर्ने

    यसमा तपाइको मत
    फेसबुक
    ट्वीटर
    स्थानीय समाचार बाट अन्य समाचार