कपिलवस्तु , मसीर १९ ।
दोस्रो चरणको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाइ मध्यनजर गरी कपिलवस्तु प्रशासनले आजदेखी नेपाल भारत सिमानाका बन्द गरि तालीम प्राप्त कुकरबाट चेकजाँचमा कडाइ गरेको छ ।
मसीर २१ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाइ भयरहित, स्वच्छ, निपष्क्ष रुपमा सम्पन्न गर्ने उदेश्यले नेपालभारतका सुरक्षा अधिकारीको सहमतीमा सिमा नाका बन्द गरिएको छ ।
दुवै देशका सुरक्षा अधिकारीको सहमतीमा क्रमश सिमा नाकाबाट आवतजावत बन्द गरिएको छ ।
कपिलवस्तुको कृष्णनगर, चाकरचौडा, खुनुवा, मर्जादपुर लगायतका नाका क्रमश एकै चोटी बन्द गर्दा सयौ यात्रु अलपत्र पर्ने हुँदा कडा चेकजांच सहित यातायातका साधन आवतजावतमा रोक लगाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो ।
नेपालमा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई सिमाबाट हुने अपराधिक गतिविधिबाट रोक्न र भयरहित बातावरणमा सम्पन्न गर्न भारत सरकारले पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता यस अघि नै गरिसकेकाले भारत स्थीत गृह मन्त्रालयले पनि सिमा बन्द गर्ने निर्देशन दिएको अधिकारीले बताएका छन् ।