नवलपरासी, २३ मंसिर ।
पूर्व नवलपरासीमा रहेको प्रतिनिधि सभाको २ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाको ४ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ ।
सुरुवाती अवस्थादेखि लिएको अग्रतालाई नेपाली कांग्रेसले अझै पनि कायमै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका डा. शशांक कोइरालाको अग्रता फराकिलो रहेको छ ।
डा. शशांक कोइरालाले पछिल्लो सार्वजनिक परिणाम अनुसार ७ हजार ७ सय ४१ मत प्राप्त गरेका छन् भने उनका निकतम् प्रतिद्वन्दी माओवादी केन्द्रका भविश्वर पराजुलीले ५ हजार ३ सय १५ मत प्राप्त गरेका छन् ।
त्यस्तै प्रतिनिधि सभा २ मा नेपाली कांग्रेसको विष्णु कार्कीले ६ हजार ४ सय २१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका तिलक महतले ५ हजार ६ सय ४७ मत प्राप्त गरेका छन् ।
त्यस्तै प्रदेश सभा १ क मा नेपाली कांग्रेसले ३३४५ र माओवादी केन्द्रले १९०२, प्रदेश सभा १ ख मा नेपाली कांग्रेसले ४ हजार २१ मत प्राप्त गरको छ भने नेकपा एमालेले २५७२ मत प्राप्त गरेका छन् ।
त्यस्तै प्रदेश सभा २ क मा नेपाली कांग्रेसले ३५०८ र माओवादी केन्द्रले २४०४, प्रदेश २ ख मा नेपाली कांग्रेसले ३२१२ र एमालेले २९३७ मत प्राप्त गरेको छ ।
स्थानीय चुनावमा नेपाली कांग्रेसले जित हातपारेका क्षेत्रहरुको मतगणना भएको कारण नेपाली कांग्रेसले अग्रता लिईरहेको वामगठबन्धनले जनाएको छ ।
उनीहरुले आफ्नो पकड रहेको क्षेत्रमा मतगणना शुरु भएपछि आफूहरुले अग्रता लिने दावी गरेका छन् ।