मङ्सिर २५,काठमाडौं–
समानुपातिकतर्फको मतगणनामा पनि एमालेले अग्रता बढाउदै लगेको छ ।
पछिल्लो विवरणअनुसार एमालेले ५ लाख ८५ हजार ४ सय ८९ मत ल्याएको छ भने कांग्रेसले उसलाई पछ्याउदै ५ लाख ४८ हजार ५ सय ८५ मत छ ।
यसअघि दुई पार्टीबीच ३५ हजारको अग्रता मतान्तर रहेकोमा पछिल्लो अपडेटमा ३७ हजारले कांग्रेस पछि परेको छ ।
समानुपातिकतर्फ नेकपा [माओवादी केन्द्र] को २ लाख ५९ हजार १ सय ७० मत ल्याएको छ । विवेकशिल साझा पार्टीलाई पछि पार्दै राप्रप्रा चौथो स्थानमा उक्लिएको छ ।
उसले ३३ हजार ९ सय ५७ मत ल्याएको छ । विवेकशिल ३३ हजार सय ८ सय ८५ मत छ ।
त्यस्तै राजपा नेपालको २७ हजार २ सय ७१, नयाँ शक्ति पार्टी, नेपालको २३ हजार २ सय ६१ तथा राप्रपा९प्रजातान्त्रिक०को १२ हजार ४सय ९४ मत छ । राष्ट्रिय जनमोर्चाको ९ हजार ५ सय ४९ मत ल्याएको छ ।
यसमा तपाइको मत
फेसबुक
ट्वीटर
Tweets by @NagarikAawaj