मंसिर २८,सन्धिखर्क-
शुल्क वृद्धि गरेको विरोधमा अर्घाखाँचीको पाणिनी बहुमुखी क्याम्पसमा विद्यार्थीले तालाबन्दी गरेका छन् ।
पाणिनी क्याम्पसमा विद्यार्थीको हित विपरित शुल्क वृद्धि भएको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको स्ववियु कोषाध्यक्ष घनश्याम पौडेलले जानकारी दिएका छन् ।
मासिक क्याम्पसको अहिले ५५० शुल्क रहेकोमा विद्यार्थीको हक विपरित स्ववियुलाई जानकारी नै नगराइकन एकैपटक ३०० शुल्क बढाइ ८५० बनाएपछि विद्यार्थीले क्याम्पस प्रमुख, प्रशासन र लेखा शाखामा तालाबन्दी गरेका हुन् ।
बढाएको शुल्क तुरुन्त फिर्ता गर्न स्ववियुले माग गरेको छ ।
यसमा तपाइको मत
फेसबुक
ट्वीटर
Tweets by @NagarikAawaj