प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित नतिजा ल्याएपछि राष्ट्रिय पार्टी बन्न असफल कमल थापा नेतृत्वको राप्रपा, पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एराप्रपा राष्ट्रवादीलाई एकीकृत रुपमा अघि बढ्न सम्बन्धित पार्टीका कार्यकर्ताले दवाव दिएका छन् ।
आजको नयाँ पत्रिका लेख्छ–राप्रपा नेता तथा सहरी विकासमन्त्री दिलनाथ गिरीले भर्खरै सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आएको नतिजाको समीक्षा गर्दै फेरि नटुक्रिने प्रतिबद्धतासहित तीन पार्टी एकीकरण गर्न कार्यकर्ताले दिनप्रतिदिन अनौपचारिक रुपमा दबाब दिइरहेको बताए ।
तर पार्टी शीर्ष तहबीच भने एकीकरणका लागि कुनै प्रयास भएको छैन ।
यसमा तपाइको मत
फेसबुक
ट्वीटर
Tweets by @NagarikAawaj