नागरिक आवाज/बुटवल पुस ११ ।
बुटवल १३ बेलबासमा संचालित साहाराको घरका संचालक सहित ३ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
नाबालकहरुलाई बिभिन्न प्रलोभन देखाई शोषण तथा बिक्रि बितरण गर्ने उद्देश्यले सो घरमा ल्याएको भन्ने उजुरीको आधारमा “साहाराको घर“ संचालक रुपन्देही देवदह नगरपालिका वडा नं.६ बस्ने बर्ष ३५ को शंकर प्यासी, भारत मुम्बई घर भएकी बर्ष ३६ की बन्दना प्यासी र जिल्ला मुगु खत्याड गाँउपालिका वडा नं.१ बस्ने बर्ष २४ की गिता बुढालाई बुटवल प्रहरीले पक्राउ गरेको हो ।
मुगुबाट साहाराको घरमा ल्याइएका ५ जना बालकहरु शोषण र कुटपीट भएको भन्दै आश्रमबाट रातीको समयमा भागेर बाहिर आएपछि घटनाबारे सूचना प्रहरीकोमा पुगेको थियो ।
उनीहरुलाइ मानव बेचबिखन तथा ओसार पसार अन्तर्गत मुद्धा चलाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिषक पबन कुमार भट्टराइले नागरिक आवाजलाइ बताए ।
उनीहरुको मुद्धामारुपन्देही जिल्ला अदालतबाट म्यादथप लिई अनुसन्धान भई रहेको छ भने पिडित बालकहरुको उद्दार गरी तत्काल संरक्षणको लागी नेपाल अविनाश अनाथ आश्रम कोटिहवा रुपन्देहीमा पुर्याइएको छ । तस्वीर सौजन्य: बिकास पराजुली ।