नागरिक आवाज/ बुटवल,पुस १४-
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणिकरण गरेसँगै धेरै क्रिया -प्रतिक्रियाहरु आइरहेका छन् । अब नयाँ सरकार गठनका लागि बाटो खुलेको कतिपय संविधानविद्हरुले दाबी गरेका छन् ।
कांग्रेस युवा नेता तथा केन्द्रिय सदस्य चन्द्र भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीलाइ धन्यबाद दिदैं फेसबुकमा यस्तो बिचार राखेका छन् । पढौं
“राष्ट्रपति” देशको सर्वोच्च पद । शालिन स्वभावकी महिला देशको पहिलो राष्ट्रपति ।
जसलाइ केपी ओली जी ले आलोचित गराउनु भयो ।क्षेणिक स्वार्थ , घटनाको आधारमा निचोड़, देश सन्चालकहरु लाई धातक हुन्छ ।नेताहरु पाटी र व्यक्तिगत स्वार्थ भन्दा माथी उठ्नु पर्दछ । अन्ततः अध्यादेश प्रमाणीकरण भयो त।हाम्रो देशमा स्वार्थी नेताहरुका कारण पदकों गरिमा बचाउन मुस्किल पर्दछ ।धन्यवाद सम्माननिय राष्ट्रपतिज्यु !