नागरिक आवाज/बुटवल,पुस १९ ।
प्रदेश नम्बर ५ को राजधानी बुटवल हुनुपर्ने माग गर्दै बिद्यार्थि संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारी संघर्षमा उत्रिएका छन् । बुटवलमा आज साझ मसाल जुलुस निकालेर बिरोध जनाएको हो ।
प्रदेश राजधानीका बिषयमा बिभिन्न समाचारहरु बाहिर आएपछि यहा आन्दोलनको शुरुवात भएको हो । बुटवल बहुमुखी क्याम्पसबाट । अनेरास्ववियुले मसाल जुलुस निकाल्दै मिडियाचोकमा आई कोणसभामा परिणत भएको हो ।
सो सभालाई सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य यमराज पाण्डेले प्रदेशको राजधानी बुटवलको बिकल्प नै नभएको बताए । उनले राजधानी दाङ बनाएर लुम्बिनी अञ्चलबासीलाइ धोका दिन खोजिएको बताए ।
प्रदेश नम्बर ५ को राजधानी बुटवल घोषणा गर, निर्वाचनको मतपरिणाम सार्वजनिक गर लगायतका प्ले ब्यानर सहित विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । अब चरणबद्ध आन्दोलन गरिने अखिल क्रान्तिकारी जिल्ला सचिबालय सदस्य टीकाराम आचार्यले बताए ।