नागरिक आवाज/बुटवल ३ माघ ।
सरकारले रुपन्देहीलाई प्रदेश ५ को प्रदेशको अस्थायी राजधानी तोकेको भन्दै नेपाली कांग्रेस रुपन्देहीले सरकारको निर्णयको स्वागत गरेको छ ।
जिल्ला सभापती अब्दुल रज्जाकले एक विज्ञक्ती जारी गरि सरकारको निर्णयको स्वागत गर्नु भएको हो । नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेको निर्णयले रुपन्देही तथा लुम्बिनी अञ्चल वासीका लागि न्याय गरेको भन्दै कांग्रेस कार्यकर्ता तथा सर्वसाधारणहरुलाई घरघरमा दिपावली गर्न पनि आग्रह गरिएको छ ।
प्रशस्त पुर्वाधार विश्व शान्तिको मुहान लुम्बिनी रुपन्देही जिल्लामै रहेकोले पांच नम्मर प्रदेशको राजधानी रुपन्देही हुन अत्यान्तै व्यवहारिक रहेको पनि विज्ञक्तीमा उल्लेख गरिएको छ ।
साथै रुपन्देहीलाई नै स्यायी राजधानी बनाउनका लागि नेपाली कांग्रेसले कुनै कसर वांकी नराख्ने भन्दै त्यसका लागि पनि अव बन्ने प्रदेश सभामा दवाव मुलक भुमिका खेल्ने रज्जाकले विज्ञक्ती मार्फत व्यक्त गर्नु भएको छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेर वहादुर देउवा तथा मन्त्री परिषदका सदस्यहरु लगायत रुपन्देहीमै राजधानी बनाउनका लागि निरन्तर भुमिका खेल्ने कांग्रेसका नेताहरुलाई धन्यवाद व्यक्त गर्दछौ विज्ञक्तीमा भनिएको छ ।