Loading...

नवराजको पर्खाइमा बुटवल,कविता कन्सर्टको तयारी पूरा

करिब ४ सय जनाले टीकट बुक गरिसके


बिहिबार, माघ १८, २०७४
  • नागरिक आवाज
  •  कपिल ज्ञवाली/बुटवल, १८ माघ ।

    रुपन्देहीको बुटवलमा हुने  कविता कन्सर्टको तयारी पूरा भएको छ ।

    जिल्लामै पहिला्े पटक आयोजना हुने ‘कबिता कन्सर्ट २०७४ ’मा चर्चित युवा कवि नवराज पराजुलीले लगातार ७० मिनेट कविता सुनाउनेछन् ।

    उनले एउटा कविता १० मिनेटमा सुनाउनेछन् ।

    बुटवल जेसिज बर्ष २०१८ को आयोजनामा कार्यक्रम हुदैछ । कन्सर्ट आयोजनाका लागि ५ लाख खर्च हुने अनुमान गरिएको कार्यक्रम संयोजक राजिव खनालले बताए ।

    कार्यक्रम हुने मिति आउन २ दिन बांकी रहदा सम्म करिब ४ सय जनाले टीकट बुक गरिसकेको संयोजक खनालको भनाइ छ ।

    खनालले भने-‘पैसा तिरेर कविता सुन्ने बानीको बिकास गर्न बुटवलमा यस्तो कार्यक्रम आयोजना गर्न लागेका हौं ,तपाइ सबैको सहयोगको अपेक्षा छ ।’

    कार्यक्रममा राष्ट्रिय गायीका योजना पुरी, बंँसुरी बादक संयक महर्जन र प्रकाश पौडेलको लगायत रुपन्देहीका कविहरुले पनि कविता सुनाउनेछन् ।

    उक्त कार्यक्रममा गिनिज बुक अफ वर्ड रेकर्ड मा नाम लेखाउन तयारी अवस्थामा रहेका मादलवादक अभिसेक गौतमले मादल प्रफर्म गर्नेछन् ।

    माघ २० गते हुने उक्त कार्यक्रम बुटवल देबिनगरमा रहेको लुम्बिनी बाणिज्य क्याम्पसको स्ववियु हलमा करिब ५ सय जना दर्शकको माझमा हुनेछ ।

    दिउसो १ बजे देखि साझ ६ बजेसम्म सञ्चालन हुने कन्सर्टमा नर्मल टिकट ५ सय रुपैया र बिद्यार्थीको लागी ३ सय रुपैया शुल्क तोकिएको छ ।

    यो पनि पढौं :-

    यसमा तपाइको मत
    फेसबुक
    ट्वीटर
    स्थानीय समाचार बाट अन्य समाचार