नागरिक आवाज /बुटवल,माघ २४ ।
समय : बिहान १० : १०
स्थान :शान्तिचोक योगिकुटी
मिति : २०७४ माघ २४ गते ,बु्धबार
बुधबार बिहान यस्तो दृश्य देखियो की बिद्यार्थीहरु स्कुल बस धकेलिरहेको । गुडिरहेको बस एक्कासी रोकिएपछि अचम्म मान्दै स्थानीयहरु बाक्लै संख्यामा भेला भएर रमिता हेरिरहेका थिए ।
बुटवल र तिलोत्तमाको सिमानामा स्मृति बोर्डिङ स्कुलको बस एक्कासी रोकिपछि बिद्यार्थीहरु आफुलाइ सधै बोक्ने बस धकेलेर गुडाउने प्रयास गरे ।
लामो प्रयासपछि बिद्यार्थीहरुले सो बस धकेलेरै स्टाट गरे र त्यसैमा चढेर ढिलो गरि भएपनि स्कुल पुगे ।
बोर्डिङ स्कुलहरुले बिद्यार्थीका स्कुले बस त चलाएका छन् तर ती बसहरु कति थोत्रिएका छन् भन्ने कुराको भने हेक्का नराख्दा यस्ता समस्याहरु देखिइरहन्छन् ।
यसमा तपाइको मत
फेसबुक
ट्वीटर
Tweets by @NagarikAawaj