इश्वरीप्रसाद बन्जाडे
यो शीशिरे ऋतु को नग्नतामा ओछ्यान छाड्नै मन लाग्दैन बिस्तारामा लटपटिदै अनलाइनमा च्याट गर्दा समय बितेको पत्तो हुँदैन!
‘गुड मर्निङ सर , उठिसियो ?’
बिहान आखा मिच्दै बिउँझनासाथ मार्क जुकबर्गले पर्तिपादन गरेको फेसबुकको म्यासेन्जरमा मेरो आँखा पुग्यो।म्यासेज दुई घन्टाअघि नै आएको रहेछ ‘ओहो, कति छिटो सात पो बजिसकेछ,
के सारो निदाएँछु ।’
नउठीकनै मोबाइलमा टाइप गरेंं, ‘आज साह्रै मिठो निद्रा लाग्यो भर्खर उठे, सरी है ।’ उनि मेरा लागि घडीको आलाराम जस्तै भएकि छ्न।
हिजोआजका दिनहरुमा बिहान पाँच बजे नै मलाई म्यासेज गरेर उठाउन्छिन।माघ महिना, बाहिर असाध्यै जाडो छ। त्यसैले ओछ्यान छाड्नै मन लाग्दैन।
बिस्तारामा गुटमुटिँदै अनलाइनमा च्याट गर्दा समय बितेको पत्तो हुँदैन । कति छिटो समय गएको थाहा नै नहुने संजाल बिस्वब्यापिकरण भो है!
यो मेरो मनको कुरा ।।
छिनभरमै म्यासेजको रिङ बज्यो मोबाइलमा हेरें, उनकै रहेछ
‘कति धेरै सुतेको नि भगवान हजुर त, निद्रा पुगेन ?’
हिजो राति अबेरसम्म तिमीसङै कुरामा गफिएको थिए दिनभरिको थकान अनि राती जाडो भएर निद्रा लाग्दैन। त्यसैले बिहान त भुसुक्कै निदाएँछु।’ मैले आँखा मिज्दै जबाफ पठाएँ । ‘किन निद्रा नलागेको ?’
फेरि उताबाट म्यासेज आयो । ‘त्यत्तिकै, बेलुकी अलिकति पिएको त्यही पनि निद्रा नै परेन भन्या। मैले शरीर तन्काउँदै भनें ।
‘किन पिएको त ?’
‘कहिलेकाहीँ मनको बोझ हलुका पार्न पिउन मन लाग्छ ।’ मेरो मुखबाट कुरा फुत्किहाल्यो । मेरो कुराले उनलाई अझ कौतूहलता जगाएछ क्यारे । प्रश्नमाथि प्रश्नको वाण तेर्सिन थाले । मैले केही होइन जिस्किएको भन्दै टारें । उनि फेरि अफलाइन भैन। । भारी मन लिएर उठे। ब्याकुल मनलाई बुझाउने प्रयास गरें तर सकिन । मनमा आँधीहुरी चलिरह्यो ।
हिजो रातिको च्याटमा भनेकि थिईन ‘भोलि केटो हेर्न आउने कुरा छ ।
के गर्नु घरपरिवारले जबरजस्ती गरिरहेका छन् । हेरिदिनुपर्यो मिलेसम्म अब आउने लगनमा विवाह गर्छु ।’ उनको कुराले मेरो मनमा ठूलो चोट पुुर्यायो । म आफैंमा रन्थनिन थालें उनले पहिलेदेखि नै घरबाट विवाहको कुरा चलेको बताएकि थिईन। अनि मसँग सोध्थिन, ‘म के गरूँ ?’ मनभित्र मायालाई एकातिर थाती राखेरभए पनि म उनलाई बारम्बार विवाह गर्ने सल्लाह दिन्थें । किनभने उनको पनि जिन्दगी हो । विवाह गरेर घरजम बसाओस् भन्ने मेरो चाहना थियो किनभने म तत्काल बिबाह गर्ने सोचमा थिएन ।
म उसलाई आफूलाई भन्दा बढी माया गर्छु । ऊ मेरो रित्तिसकेको जिन्दगीमा बहार बनेर आएकि थिई।; पुन: आशा र उमङ्गको बीजारोपण गर्दै मेरो जिन्दगीलाई हरियाली बनाइदिएकि थिईन। के म त्यति स्वार्थी बन्न सक्छु र ? सच्चा हृदयले गरेको चोखो प्रेम पाउनै पर्छ भन्ने पनि त छैन । मनमा यस्तै कुरा खेल्न थाल्छन् । प्रेम प्राप्ति मात्र होइन त्याग पनि हो । तैपनि यथार्थलाई स्वीकार गर्नु त्यति सजिलो नहुने रहेछ । मैले आँसुका थोपा झार्दै उनलाई शुभकामनाका शब्द टाइप गरेर पठाइ दिएँ ।
उनले जवाफमा लेखिन ‘कति हतार है शुभकामना दिनलाई ।’
आफ्नै बाध्यता र परिबन्दमा बााधिएको म चाहेर पनि उनलाई साथ दिन सक्दिन । यो समाजका अगाडि हामी खुलेर प्रेम गर्न सक्दैनौं । न त हामीमा त्यो बन्धन तोड्ने हिम्मत नै छ । यतिबेला नियतिले हामीलाई अप्ठ्यारो अवस्थामा ल्याएर छाडिदिएको छ । त्यसको सामना गर्ने सामथ्र्य छैन हामीमा । हामी लाचार अनि विवश छौं । कारण उनी उपाध्य म चाई जैसि ‘यो कस्तो माया बस्यो है हाम्रो, न त एक हुनै सकिने न त भुल्नै सकिने ।’ कहिलेकाहीँ यस्तै कुरा गरेर भावुक हुन्छौं हामी । उनि अलि बढी नै भावुक हुन्छिन् ।म सम्झाउँदै भन्छु ‘निराशाका कुरा गरेर आफूलाई कमजोर बनाउनुहुन्न सधैं आशावादी र सकारात्मक सोच लिएर अघि बढ्नुपर्छ ।’
हामी दिनरात च्याटमा हुन्थ्यौं मीठामीठा कुरा गथ्र्यौं । कहिलेकाहीँ एक–अर्काको विगत सम्झेर रमाउथ्यौं कहिले भावुक हुन्थ्यौं । वर्तमान र भविष्यका कुराहरू गर्थौ जिन्दगीका योजनाका मालाहरु बुन्दै सुन्दर सपना सजाउँथ्यौं । सायद, हाम्रो मन अनि भावना एउटै भएर होला छोटो समयमै हामी धेरै नजिक भैसकेका थियौं । त्यसो त हामिमा आत्मीयता बढ्नु स्वाभाविक हो तर हामीबीचको सम्बन्ध बिल्कुल फरक थियो। हामीले एक–अर्कामा धेरै पटक डेट गयौ तर पनि भावनात्मक रूपमा हामी हरपल सँगै रह्यौं।यस्तै यस्तै कुराहरुले मेरो मनको भुमिमा भुकम्पको पराकम्पन आईरहेको थियो।
;फेरि अनलाइनमा हरियो बत्ती बाल्दै पिलिक्क झुल्किन । उताबाट टाइप गरिरहेको संकेत सङ्गै म्यासेज आयो । ‘
के गर्दै नि ?
यतिकै………।
’‘बेस्ट अफ लक’ मैले रिप्लाई गरें
‘के को बेस्ट अफ लक नि ?’
उताबाट झर्किएझैं गरेर जवाफ आयो । मैले मन भारी पार्दै लेखें, ‘ल–ल भगेरि राम्रोसँग केटा हेरेर विवाह गर्नू मेरो चिन्ता नलिनू,’ मैंले रिप्लाई दिँदासम्म ऊ अफलाइन भैसकेकि थिई।मैले आफूलाई थाम्न सकिन ।
टिभिमा लोकदोहोरी गीत बजिरहेको थियो,मेरै लागि कलाकारले बनाएको गित रहिछ ‘हाम्रो भेट हुन्न होला अब ………………….?
केही समय पछि एउटा् पत्र हात पर्यो पहिलो पाना पल्टाएर हेरे जहाँ यस्तो लेखिएको थियो ।
‘म कुनै कसम खाएर हजारौं जुनी हजुरकै हु! त म भन्दिनँ । किनकि कसम तिनीहरुले खान्छन् जसले झुठ र बकवासलाई सत्य साबित गराउन चाहन्छ ! त्यसैले मैले झुठो कुरालाई कसम खाएर ‘सत्य’को बिल्ला भिराउन चाहन्न किन की हजुरकी म हुन नसकेकी; प्रियसी हुँ । यो कुरा हजुरले आफ्नो छातीभित्र धड्किने मुटुलाई सोधनु आफ्नै आत्मामा छामेर हेर्नु । मलाई उनले यस्तो भन्दा कता कता खाटो परिसकेको घाउको पाप्रा उकाएर नुनचुक राखिदिएको भान भो।
रातो कलमले सेतो पन्नामा निकै सुन्दर अक्षरमा पोखिएको यो भावना पढेर मन कस्तो न कस्तो भयो ।
सेतो कागजमा रातो मसिले कोरिएका ती प्रेमील शब्दहरुभित्र म यसरी हराए ।
‘हजुरको अंगालो नै मेरो संसार हो,हजुरको प्रेम नै मेरो बाँच्ने आधार हो ।‘प्रेम त त्यहाँ मात्र आत्मीय हुन्छ जहाँ शंकाभन्दा पनि धेरै विश्वास अनि एकले अर्कालाई माया गरिन्छ, हो त्यहि मायाले नै यो संसार टिकेको छ।
जुन मानीसले सदैव अरूको खुसी चाहन्छ, अनी सबैको बारेमा राम्रो मात्र सोच्ने गर्छ, अनि आफुभन्दा बढी जसले अरुको ख्याल् राख्छ। आज त्यसैलाई आफ्नो मायाँ साथमा नहुदा के गर्नु भएको होला।त्यति मात्रै कहाँ हो र हजुरलाई मेरो आफ्नो प्रेम प्रस्तुत गर्दा गर्दै हजुरका ति निर्दोष गालाहरुले कति दिन रगताम्त हुनु परेको थियो त्यो मेरो ओठको लालिले!!
फुल र पालुवाले फुल्न र पलाउन मौसम पर्खिनुपर्छ, बर्सातले आफु झरी बनेर झर्न असार कुरेर बस्छ, यहाँ हजुरको याद छ जसले न मौसम कुर्छ न त समय नै । बस बगिरहन्छ नारायणी को बेगजस्तै निरन्तर कुनै बाधा अड्चनबिना! यो मेरा आसुका मणिक दानाहरु।
हजुर प्राय मेरो साथमा नहुँदा पनि सधैं समिप भएको आभास भइरहन्थ्यो सायद यो
भगवानको प्रेमको प्रभाव थियो।मन दरो पारी यो पत्र लेखिरहेको छु……………..?
उही हजुरलाई धेरै मायाँ गर्ने हजुरकी #भगेरि
उनको यो पत्र पढेर मनमा ठुलो भुमरी आयो अब यो मनलाई बुझाउनु त्यती सजिलो काहा छ र उनी सङ्गको साथ अनि त्यो पलको सम्झनाले मुटु नै निचरिदियो।।
अब म साथ लिन थाले तत्कालको तनाब हटाउनको लागि रक्सी अनि साथमा चुरोटको सधै गहिरहने होटलमा गएर एउटा क्वाटर र एक प्याकेट सुर्य चुरोट मगाउन एक शब्दको लेग्रो ताने अनि रक्सिको मुन्टो बटारी रक्सिको हत्या गरिदिए अनि गिलासमा राखेर पानी बिनै सन्काईदिए साथमा चुरोटको पनि आगो बाली हत्या गरिदिएको थिए। रुदा रुदा आँखा नि पिपलगेडी जस्ता राता राता र सुन्निएका पनि थिए आंखामा आँसु रोक्न खोज्दा नि सकिरहेको थिएन जसरि किसानले बर्खा याम मा बाढीबाट आफ्नो खेत जोगाउन कुलोमा माटो का चपरिहरु लगाउन्छ तर त्यो बाढीले आफुसङ्गै ती माटाका चपरिहरु बिलिन गराउन्छ।म नि आसुको मुल थुन्न प्रयास गर्दा गर्दै नि सफल हुन सकिरहेको थिएन।
वरिपरि बसेकाले मलाई नै ट्वाल्ल परेर हेरिरहेका थिए। म बेसुर मात्रामा पिईरहेको थिए अब त आँसु नि रित्ती सकेका थिए एक्लै भएर मेरो मन मिल्ने साथिलाई बोलाएको थिए। उ पनि आयो उसले नि मलाई खानलाई साथ दियो।
दाइ एउटा् गिलास र एउटा् क्वाटर दिनु त!ल प्याक बना।
चियस।चियस।
तर जे जस्तो भएपनि साथिको साथ जस्तो कसैको साथ हुदैन चाहे खादा होस चाहे समस्यामा हुदाहोस।यस्तै गफ गर्दै खाईरहेको बेला मलाई त एक्कासी रिगाउन थाल्यो उल्टि हुन खोज्यो, सायद रक्सी बढी भएर होला। म उठेर लर्बराउदै थिए च्याप आएर साथिले च्याप छोप्यो र लडनु बाट बचायो बाथरुम पुर्यायो। थुचुक्क भुइमा नै बसेर उल्टि गर्न खोजें तर आएन आयो त केबल पानी मात्र आयो हात टेकेर मुस्किलले माथी उठे अनि साथिले त्यहाको बिल तिरी साथिले बिस्तारै मेरो कोठा सम्म पुर्यायो ।कोठाको भित्तामा लम्पसार परिरहेको ऐनामा आफुलाइ हेरें। मेरा आँखा लाल गेडि जस्तै राता भएका थिए। कपाल अनि दाह्री बढेर म पागल झैं देखिएको थिए आफैले आफुलाई चिन्न सकिरहेको थिइन् त्यो निर्जीव ऎनामा हेर्दै हिजका पुराना दिनहरुलाई यो मानसपटलमा पढदै समझिन थालें।
उनलाइ मेरो दारी लामो भएको पटक्कै मन पर्दैन थियो। एकपटक अफिस बिदाको दिन उनी बिहानै मेरो कोठामा आइ पुगेकि थिइन। ढोका ढक.ढक गरेको आबाज सुने पछि सायद साथीहरु आज बिदाको दिन आयहोलान। भन्दै ढोका खोल्न उठेको थिएं। ढोका खोले पछि मात्र थाहा भयो उनी आएकी रहेछिन सधै भोलि बिदा के गर्ने कतै घुम्न जाने भन्ने भगेरिले खबरै नगरी बिहानै ढोका ढकढक्याउन पुगेकिले म अचम्मित भएं। मैले केही बोल्दै थिए तर मेरो मुखबाट केही कुरा बोल्न नपाउदै सानो बच्चा जस्तै गरि उनिे मेरो अंगालोमा बाधिन पो आईन।
मैले पनि उनको कम्मरमा आफ्नो हातको स्पर्श अनि ति उनका मुस्ताङे स्याउ जस्ता ओठहरु तिर मेरा ओठको दुरि छोटाए। उनको ओठमा मैले स्पर्श गर्ने बित्तिकै उनले आफ्नो टाउको नागिनले जस्तै पछाडी मर्काइन।मैले उनको कम्मर बाट हात हटाएर उनको उदाउन लागेको सुर्यको झै अरुण वर्ण भएको घाँटीमा छोपेर आफुतिर तान्न खोजें। तर उनले रिसाए झैं गर्दै भनिन!!
परेको छैन मलाइ मायागर्न, यति लामा दाह्री र कपाल पाल्ने मान्छेले
उनको कुरा सुनेर म लाचार भै फिस्स हासी दिए। म हांसे पछि उनी झनै रिसाएर मलाइ आँखा तर्दै आँखा आँखा ठुला पारेर मेरो अंगालो बाट भागेर कुर्सीमा गएर बसिन।।
म पनि के कम उनिसंगैको कुर्चीमा गएर उनको छेउमा टास्सिए म पनि के कम रिसाउदै भ्याएको छैन न म के गरु…….
तिमी काटदेउ न त भगेरि ।।।हाहाहाहा
यति कुरामा रिसाउनु पर्छ त। उनले मुख लेपार्दै भनिन खुबै ब्यस्त मान्छे है हजुर अनि कहाँ भ्याउनु हुन्छ त, मलाइ मन पर्दैन भन्ने थाहा छ त हजुरलाइ।
अब मलाई पो के चाइयो र पो हजार सुर्य जस्ती तेज भएकी मेरि उनिलाई च्याप्प तानेर आफू तिर तान्दै उनका ओठहरुमा मेरा ओठले चुमी दिए उनी म बाट फुत्किन खोज्दै थिन तर सकिनन। मैले नै छोडी दिए अन्त्यमा हांस्दै भने दारी हुन्छ तनि छोरा मान्छेको।
उनले मायालु पारामा अलिअली रिसाएको पारामा दारी नकाटे सम्म मलाइ छुन नि पर्दैन, घोच्यो मात्रै !
मैले उनलाइ जिस्काउदै भने अब त नरिसाइसियोस न चरि अब त हजुरका हातले बनाएको चिया खान दिनुन बरु कति ढुस्किएर बस्नुन्छ।।
“””” हस् लम्बु हजुरको जो आज्ञा “””
उनले मेरो हात समातेर अनुहारमा हेर्दै भनेकि थिईन म एउटा् सर्त राख्छु है।म चिया बनाउंछु तर त्यति बेला सम्म हजुरले यो चाउचाउ दारी काटेको हुनु पर्छ।
मैले उनी संग हार खांदै भने हुन्छ हजुर हुन्छ मेडम।।।।
उनी हांस्दै उठेर किचन तिर लागिन।
म चाहिँ दारी काटन बाथरुम तिर पाईला नापे दारी काटेर फर्किए पछि म रुमालले मुख पुछ्दै थिए उनी हातमा दुई कप चिया बोकेर आइपुगिन। मलाइ हेरेर मुस्कुराउंदै चिया टेबलमा राखिन अनि के पो चाइयो र उनलाई मेरो सितल छाहारी रुपि अंगालोमा आएर पो टासिन म पनि उनको अनुहार हेर्दै मुस्कुराइ दिएं। उनले खुशी हुँदै भनिन बल्ल पो मेरो बुढो हिरो हुनु भो नि।
ल ल चिया लेउ सङ्गै खाउ चिसो भैसक्यो।
उनले कुरा तानिहालिन कस्तो भएको छ चिया !म नि के कम फुर्काइदिए एकदम मीठो सधैभरी तिम्रा यी कोमल हातले बनाएको चिया खान पाईयोस।।
कस्तो हुनुन्छ नि हजुर!
हो त म सहि भनेको त छु नि।
चिया सकिएपछि मैले केही नबोली उनको त्यो बाघको जस्तो कम्मरमा छोपेर उनका ओठहरु चुम्न खोजे। त्यो पटक उनले कुनै केही प्रतिकार गरिनन बरु म जे गर्छु शरीर मलाई सुम्पिदिई आँखा बन्द गरिदिईन उनका ओठहरु चुम्दै उनलाइ पलङ तिर लडाएं लडाईरहे…………..।।।।।
कति रमाईला पल थिए ती पलहरु। ती यादहरु फेरि सम्झिन बाध्य भए। म कोठामा मौनतामा मनको बह पोखिरहे ।
हेर प्यारी
अहिले त तिम्रो हुन नसकेका बुढाका दारी जुङ्गा धेरै लामा भएका छन तर तिमी साथमा छैनौं घुर्क्याउदै काट्न लगाउने।
मन भुलाउने कुनै उपाय नि सफल गराउन सकेको छैन। फोन बिस्ताराको पारिपटिको टेबुलमा थियो।फोन आइरहेको थियो तर म उठाउन नगै बसे फेरि नि आयो ४/५;पटक आएपछि फोन उठाउन बाध्य भए। आखिरमा फोन त तिनै…
(नो नेम भनेर सेभ गरेको)
हुननसकेकी मायालुको पो रैछ।फोन जेनतेन उठाउने कस्ट गरे
।।हजुर भन्नु
किन फोन नउठाउनु भएको…..?????
यतिकै फोन उठाउने जागर नलागेर!! घाँटी कस्तो सुकेको हो खै छेउमै भएको बोतल को मुन्टो बटारे आधा बोतल भन्दा बढी पानी कलकल गर्दै पिए। बोरिङ्गको चिसो पानीले गर्दा मलाइ केही सितल महसुस भयो। एकैछिन मौनतामा बसे उनले फेरि उताबाट मधुरो स्वरमा भनिन किन यत्रो बेर सम्म फोन उठाएर नबोल्नु भएको।
गला बसेको छ अल्लि बोल्न सकेको छैन।
के गर्दै हुनुहुन्छ???
मैले भने के गर्नु तिमिलाई भुल्न सक्छु कि भनेर रक्सीको साहारा लिएर पिउंदै बसेको छु।
उनी निकै बेर सम्म केही बोलिनन। केहि बेर पछि रुन्चे र मलिन स्वरमा भनिन किन यस्तो गर्नु भएको हजुरले!!!!
उनको प्रस्नको जवाफ थिएन म संग मैले लामो सास फेरेर भने थाहा छैन म के गर्दै छु र किन यस्तो गर्दै छु भनेर!!!!
उनी केही बेर बोलिनन उनी त रुन पो लागेको आवाज सुनियो,खोइ किन हो मैले नरोउ भनेर पनि भन्न सकिन। उनले नै रुंदै भनिन यस्तो नगर्नु न प्लिज बिन्ती छ म हजुरको यो हालत देख्न सक्दिन।।।
म केही बोलिन चुपचाप उनको कुरा सुनिरहे मात्र उनि बोलिरहिन! कतैबाट सुनेको हजुर जति खेर पनि आजकाल रक्सी र चुरोट मात्र पिउनु हुन्छ रे!!
म अझै मौन रहें, बोलिन केही। उनले फेरि थपिन त्यसरी धेरै चुरोट नपिउनु न राम्रो गर्दैन के
के गर्ने समय र परिस्थितिले हामिलाई एक हुन दिएन। म हजुरको पीडा बुझ्छु।म हजुरको यो दुखित अवस्था देख्न सक्दिन।।
उनले यति भनिसकेपछी म आफुलाइ रोक्न सकिन रुन थालें, अनि रुवाईको स्वर मा भने अब त संसारबाट अलबिदा लिने सोच बनाईरहेको छु।
मेरो कुरा सुनेर उनी झनै ठुलो स्वरमा रुन थालिन। म पुरै निसब्द थिए केही नबोली। उनले रुंदै भनिन।हजुर चाहि हैन तर हजुरले यस्तै गरि राख्नु भयो भने हजुरभन्दा पहिले म मरिदिन्छु। सक्दिन म हजुरको यस्तो हालत सुन्न अनि बसेर टुलुटुलु हेर्न।
मलाइ केही शब्दको वाक्य नै आएन। भन्न आएन चुपचाप सुनी रहें। उनले रुंदै बाइ पनि नभनी फोन काटीदिइन।
टुङ्ग,टुङ्ग मात्र शुन्यता ।।।
उनले फोन काटे पछि मैले आखाका आँसु पुछे अनि मनलाई कठोर ढुङ्गारुपि बनाउन खोजें। सोचें सायद गल्ति गर्दै छु कि म!, यसरी उनी संग अब म सम्पर्कमा रहिरहनु हुंदैन। उनको अरु संगै बिहे भैसकेको छ अर्कैको सिंदुर पोते सिउरेकी छ्न। अब उनलाइ मैले पनि बिर्सनु पर्छ र उनलाई पनि मलाई बिर्सिन दिनु पर्छ। यसरी म उनीसंग बोलीरहें भने उनलाइ झनै धेरै असहिय पीडा हुनेछ।
मनमा यस्तो स्वबिभेग कुरा आए पछि फोन नम्बर परिबर्तन गर्ने मनसाय गराए। थकित शरीर, रक्सिको नसा अनि चुरोटको तलतल धेरै दिनको अनिधो र भित्री मनको पिडाको खिल लिएर म ओछ्यानमा पल्टिएको थिए मनमा अनेकौं कुराहरुले घडेरी जमाउदा कति खेर निदाएछु पत्तो भएन। बिहान पो बल्ल होस खुल्यो।जागर नलागी नलागी नुहाउन बाथरुम तिर लागे। फेरि म त्यही चिया खाने होटलमा गएर एउटा् ब्ल्याक कफी मगाए साथमा एउटा् चुरोट म जहाँ बस्ने प्लास्टिकको टुल खाली रहिछ यसो एता तानेर घामको पारलाई सितन बनाई एक खिल्ली सुर्य चुरोटको हत्या गर्दिए! चियाको चुस्की लिदा लिदै होटलवाला दाजुले एकोहोरो हेरिरहनु भयो।
म सोधे दाइ किन त्यसरी खाउला जस्तै हेरनुभएको??
दाईले हिजो अस्ति या पहिला पहिला भन्दा हजुरको मुहारमा चमकता छैन! अनि दारी नि त्यतो पाल्नु भएको छ।अनि एत्रो दिन कता हराउनु भयो,,,,,!
“”अनि उहाँ खै त””
दाईले त्यतो भन्दा मैले अँध्यारो अनुहार पारे अनि उहाँ पनि केही बेर मौनतामा नै बस्नुभयो।
अनि केही बेर पछि भने उनले आफ्नो संसार बनाउदै छन् ।
दाइले पत्याउन सक्नुभएन र भन्नू भो
,””” हजुर पागल हुनु भयो क्यो भाइ””””
हो दाजु अब पागल हुन बाकी छ।मैले चिया पिउदै भने। उनको याद गर्दिन भन्दा पनि झनै बढ्यो। पहिले उनी र म सङ्गसङ्गै हुदा हामी यहि टेबलमा बसेर एक अर्काको कपबाट पालो गर्दै चिया साट्दै पिएको याद मनभरिबाट आयो आखाको परेलिमा आँसुको तलाउ भयो।दाजु मेरो छेउमा आएर आर्को टुल तानेर बस्नुभयो तर केही बोल्नुभएन। मैले आफै भने दाइ यो समाज किन यस्तो छ
“””””समाज त कसैको आलो घाउमा मलम बन्न सक्नुपर्ने,,आँसु झर्दा पुछ्ने हात बन्न सकनुपर्ने,,थकाई लाग्दा आराम गर्ने चौतारि र दुख साटने दौतरी बन्न सक्नुपर्ने,,कसैको मायाप्रीतिको बिचमा पुलको काम गर्नुपर्ने हो तर हाम्रो समाज त खाटो बसेको घाउलाई बारम्बार कोटाएर नुनचुक छरिदिन्छ आखासामु आएर प्याज काटिदिन्छ।थकाई मार्न बनेको चौतारिमा काढा खेती गर्छ।सफल हुन लागेको लबलिन जोडिलाइ ट्रुकाउने काम गर्छ””””/””
दाईले अचम्मित हुँदै मलाई हेर्नू भयो।
र भन्नुभयो किन यस्तो प्रश्न सोध्नु भएको भाइ??
दाईका आँखाको गरो पनि आंशुले भरिए। उहाँ केही बोल्न सक्नुभएन। मैले कठोर मन बनाउदै भने दाइ म अब म यो ठाउँ छाडी धेरै टाढा जाँदै छु थाहा छैन फर्किन्छु फर्कन्न।
दाईले निन्नाउरो स्वरमा जवाफ दिनु भयो।, के बोल्नु भएको त्यस्तो भाइ।
म केही बेरसम्म केही नबोली बसे अनि फेरि बोलें दाइ तपाई अनि यो हजुरको होटलसङ संग जोडिएका हरेक सजिब निर्जिन बस्तु मेरा लागि धेरै प्रीय छन।
दाजु केही नबोली मौन बस्नुभयो उहाको आँसु टेबुलमा खस्यो। म नि चुपचापले बसे दाईले अरुले देखलान भनेर गोजिबाट रुमाल झिकी आँसु पुछ्नु भो म जुरुक्क उठे अनि बिदा पनि नमागी अमिलो मन बनाई बाहिर निस्किएं।।।
म होटलबाट बाहिर निस्केपछि म कोठा जानू भन्दा पनि गन्तव्यबिहिन यात्री जस्तै हिडिरहे।एकसुर हिडिरहे ।
धेरै टाढाको बाटोमा पर्ने एउटा सानो सानो होटलमा छिरेर एक बोतल रक्सी अनि चुरोट पनि लिएर बाटै बाटो हिडिरहे। हाम्रो पहिलो भेट देखि लिएर बिछोड सम्मका सारा पल सम्झिएं। ती दिनहरुलाइ सम्झिदा सम्झिदै मुटु नै निचोरिन थाल्यो। जति कोसिस गरे पनि आफुलाइ सम्हाल्न नसकेपछि रक्सिको बोतल खोलेर पिउन थालें। रक्सिको बोतल नरितिदै म नसाले बेहोस भएकोले त्यहि हिडिरहेको बाटोमा पछडिबाट आईरहेको गाडिले मलाई हान्यो यो भन्दा बढी मलाई केही थाहा छैन म माथी कति गाडीले आफ्नो बाटो बनाए तर यो एक भारी दाउराको ज्यान मर्न सकेन्छ।
म अर्धचेत अबस्थामा कसले मलाई हस्पिटल पुर्यायो केही थाहा छैन। होसमा आउदा त हस्पिटलको बेड न 10 मा थिए। आँखा खोल्दा त अगाडि ठिगं उभिरहेका आफ्न्ती,साथिभाई,अनि होटलवाला दाइ पनि हुनुन्थियो सबै भन्दा पछाडि त उनै थिईन।मेरो हुन नसकेकी भगेरी चरी।
सोच्दै नसोचेको घटना मेरो आँखा अगाडि भयो। मलाइ त एक्कासि रिगाएजस्तो पो भो म लड्न खोजें।तर मेरो हात पहिले नै उनले छोपेर बिस्तारामा बसालिन।उनले अलिक परको कुर्सि तानेर बसिन केही नबोली अँध्यारो अनुहार पारेर। मैले केही बोल्न सकिन, मेरो दिमाग शून्य थियो। सारा कुरा सपना जस्तो लाग्दै थियो।सबैले तिमिहरु एकैछिन गफ गर्दै गर्नु एकछिन पछि आउछौ भनी सबै जना बाहिर निस्किए।
मात्र उनी र म।
उनी र म केही नबोली चुपचाप बसि रहयौ। धेरैबेर सम्म मैले केही बोल्न सकिन, उनले पनि बोलाइनन। आँखा भरी आँसु पारेर मेरो हालत नियाली रहिन। मैले जबर्जस्ती आवाज निकालेर सोधें किन आएकी।
मेरो छेउमा आएर बसिन अनि मलाइ हेर्दै भनिन यो ठाउँ छोडछु भन्दै हुनुहुन्थ्यो रे होटलको दाइ सङ्ग!
मैले आँसु पुछ्दै भने बाच्ने रहर नै छैन उनी मेरो अंगालोमा टांसिइन अनि रुंदै भनिन किन यस्तो भन्नू हुन्छ मलाइ बिर्सीदिनुस अब। म भन्दा बढी माया गर्ने पाई हाल्नु हुन्छ नि एकदिन।।।
त्यति सजिलो छ है भुल मलाई भन्न मैले आफ्नो मुटुलाइ दह्रो बनाएर सोधे अनि सांच्चै किन आयौ तिमी।।
उनले रुन्चे स्वरमा भनिन हजुरलाइ हेर्न मन लाग्यो अनि आए मैले लामो सास फेरेर फेरि भने अनि घरमा नसोधी आयौ उनले उस्तै स्वरमा भनिन बजारमा सानो काम छ भनेर आएकी। चुपचाप उनलाइ हेरेर बसि रहें। उनले मेरो अनुहार तिर हेरिन अनि भनिन किन हजुरले आफुलाइ आफैले यति धेरै सताउदै हुनुहुन्छ। ऐना हेर्नू त हजुरको एक पटक के हालत भएको छ।
उनले भावुक स्वरमा भनिन आफ्नो ख्याल गर्नुस यसरी रक्सी नपिउनुस हेर्नू त आज प्रहरीले नदेखेको भए हजुरको ज्यान जान सक्थियो। जे नहुनु त भइ नै सक्यो अब।
अनि घडी हेर्दै निरास स्वरमा बोलिन अब डाक्टर आउनु हुन्छ।साथिहरु आउछ्न। रात परि सक्यो ल म गए आफ्नो ख्याल गर है।
उनी जाने कुरा सुनेर म अतालिए उनले आफ्ना आखाका आँसु पुछ्दै सानो स्वरमा भनिन जानु पर्छ अब म।
मेरो मुटु चर्किएर आयो। सास नै बन्द हुन्छ कि जस्तो भयो। किन यस्तो भो होला भनेर डाक्टरलाई सोधेको हल्का हो सन्चो हुन्छ। भन्दै हुनुन्थियो। उनले मलाइ आफुबाट छुटाउदै रुन्चे स्वरमा भनिन।
आफ्नो ख्याल गर्नु, सबै ठिक हुन्छ बिस्तारै !म जान्छु अब………!
यति बोलेर उनी उठेर आँसु पुछ्दै ढोका तिर लागिन। उनी गएको देखेर मलाइ सहि नसक्नु भयो। मुटुमा नै कसैले तिर रोपि दिएं जस्तै भयो।एक्कासि बिहोस पो भएछु।
आर्को दिन पो बल्ल आँखा खुले म अप्रेसन कक्षको बेड न 3 मा थिए आफन्ती र साथिहरु अनि होटलको दाइ तर म उनलाई देखिन र सोधे साथिलाई उनी खोइ त मेरो बेड नजिकै सबै निराश मुद्रामा बसेका थिए। मैले यता उता नजर घुमाएं तर अझै पनि उनलाई देख्न सकिन। सबैले मेरा आँखामा हेरेर रुन थाले मैले मुस्किलले मसिनो आवाज निकालेर सोधें उनी खोइ त
साथिहरुले मेरो हात छोपेर भक्कानिएर रुंदै भने उनी रहिनन अब…………….???
म सपनामा छु कि बिपनामा भनी आफ्नै शरीर चिमोटे म त बिपनामै रहेछु।म सानो बोलिको साहाराले होटेलवाला दाईलाई सोधे उहाले बल्ल बल्ल कर गरेपछी भन्नू भो तिम्रो मुटुले काम नगर्ने भएर उनको मुटु ट्रास्फर गरेको हो।
तिम्रो सरिरमा धड्किने मुटु उनको हो।
म माथी कुनै बज्र खसे झैं भयो। चिच्याएर रुन खोजें तर आवाज निस्किएन। मात्र आंखाबाट आंशुको धारा बगि रह्यो अबिरल अबिछिन्न……………??????
उनले एउटा् कपिको ट्रुका त्यो दाईलाई दिएकी रहिछन् ।खोलेर पढे त्यसमा लेखिएको थियो।
तिमिसङ छुट्टीएर बस्न सक्दिन भनेको थिए नि ख्याल छ नाई त्यसैले तिम्रो मनमा तिम्रो ढुकढुकि भएर बसेकी छु समालेर जतनसाथ राख है ।
अलबिदा हजुरकी।#भगेरि
यो पढिसकेपछी किन हो किन मुटुको धड्कन छिटो चल्यो र म फेरि ढले तर जाग्न नि जागे तर किन हो किन जिउँदो लास सरी जीवन चलिरहेको छ अर्कैको भरमा
अर्कैले खुवाईदिने ……
अर्कैले ,लगाईदिने ….
अर्कैले नुहाईदिने।….
मात्र सास फेरिरहेको छु जिउदो लास बनी।।
कसैको जिबनसङ्ग मेल खाएमा सयोग मात्र हुनेछ!
(#बतास_साहित्य)
अर्घाखाँची अर्घातोस ०७ लामापोखरा
हाल::पाँच प्रदेशको अस्थाई राजधानी #बुटबल।
(९८५७०३०६५४)