नागरिक आवाज/ बुटबल,२ फागुन ।
सभामुख चयन पछि नेकपा माओवादी केन्द्रका नेता समेत रहेका पूर्णबहादुर घर्तीले नयाँ जिम्मेवारी पूरा र समृद्धिको सपना पूरा गर्ने बताएका छन् ।
घर्तीले सबै पार्टी र सांसदहरुसँग सहकार्य गरेर अघि बढ्ने बताए ।
जन चाहना अनुसारको संघीयता कार्यान्वयन हुने बताए ।
उपसभामुखको निर्वाचन भने फागुन ६ गते आइतबारका लागि तोकिएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सहमति अनुसार यस प्रदेशमा सभामुख माओवादी केन्द्रले पाएको छ ।
उपसभामुख भने नेकपा एमालेले पाउनेछ ।
माओवादी केन्द्रका घर्ती प्रदेशसभा ५ को सभामुखमा निर्विरोध
यसमा तपाइको मत
फेसबुक
ट्वीटर
Tweets by @NagarikAawaj