नागरिक आवाज/बुटवल फागुन ३।
मोजो बाइक आज बुटबलमा आफ्नो आधिकारीक विक्रेता पाल्पाभैरब अटो सेन्टरमार्फत विक्री प्रारम्भ गरेको छ । महिन्द्राको मोजोले अब बुटबलमा पनि आफ्नो उच्चक्षमता, स्टाइल तथा गुणस्तरीयता प्रदर्शन गर्ने विश्वास लिइएको छ ।
साहसिक, मजेदार प्रिडेटर स्टाइलिङ्ग सहितका मस्क्युलिन डीएनए भएको महिन्द्रा मोजोमा लिक्यिडकुल ३०० सिसि इन्जिन रहेको छ । ईएफआई सिलिन्डर इन्जिनजसले २७ बीपीएच को उच्चतम क्षमता तथा ३० एनएमको टर्क क्षमता प्रस्तुत गर्दछ ।
मोजो माउच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब फ्रेम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास-चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको पाल्पाभैरब अटो सेन्टरका ब्यबस्थापक सुरेन्द्र पन्त क्षेत्रीले बताए ।
अन्तर्राष्ट्रिय साझेदारीका साथ निर्माण गरिएको यो बाइले बाइक पारखीहरुलाई उच्चतम अनुभव प्रदान गर्ने छ ।
महिन्द्राग्रुप अन्तर्गतको महिन्द्रा टु हृविलर्सका आधिकारीक वितरक अग्नि ग्रुप अन्तर्गत अग्नि मोटो इन्कले वहु प्रतिक्षित मानिएकाे यस्काे मुल्य ५ लाख ८८ हजार रहेकाे छ । अहिले याे हप्ताभर [अफरभर ]२५ हजार छुट रहने जनाइएकाे छ ।
तस्वीर : कपिल ज्ञवाली/नागरिक आवाज ।