Loading...

आज बुटवलमा ‘प्रदेशस्तरीय साहित्य सम्मेलन तथा स्रष्टा सम्मान ’हुदै

अजम्बरध्वज खातीलाई यस बर्षको‘न्यु होराइजन साहित्य सम्मान पुरस्कार–२०७४’ले विभूषित गरिने


शनिबार, फाल्गुन १२, २०७४
  • नागरिक आवाज
  • कपिल ज्ञवाली/बुटवल, फागुन १२ । 

    बुटवलको कालिकानगरमा रहेको न्यु होराइजन अंग्रेजी आवाशीय माबिमा ‘प्रदेशस्तरीय साहित्य सम्मेलन तथा स्रष्टा सम्मान कार्यक्रम’ आज हुदैछ ।

    प्रदेश ५ नं. पहिलोपटक यसप्रकारको कार्यक्रम गर्न लागिएको र तयारी पूरा भएकाे आयोजक संस्था न्यु होराइजन साहित्य परिषदले  जनाएको हो ।

    ‘प्रदेशस्तरीय साहित्य सम्मेलन तथा स्रष्टा सम्मान कार्यक्रममा ५ नं. प्रदेशका १२ वटै जिल्लाहरूका साथै स्याङ्जा, पर्वत, वाग्लुङ् र म्याग्दी लगायतका जिल्लाबाट समेत १ सय भन्दा बढि स्थापित साहित्यिक स्रष्टाहरू उपस्थित भएकाे  र ओजपूर्ण रचना प्रस्तुत गर्ने कार्यक्रम रहेको न्यु होराइजन अंग्रेजी आवाशीय माबिका प्राचार्य लोकनाथ उपाध्यायले बताउनुभयो ।

    अजम्बरध्वज खातीलाई यस बर्षको‘न्यु होराइजन साहित्य सम्मान पुरस्कार–२०७४’ले विभूषित गरिने :

    आजहुने कार्यक्रममा यस क्षेत्रका अविच्छिन्न काव्य साधक तथा नयाँ पुस्ताका कविहरूका अभिभावक रहेका अजम्बरध्वज खातीलाई यस बर्षको‘न्यु होराइजन साहित्य सम्मान पुरस्कार–२०७४’ले विभूषित गरिने संयाेजक हरि पाैडेलले बताउनुभयाे ।खातीलाई  नगद २० हजार सहित ताम्रपत्रले सम्मान गरिने छ ।

    यस्तैगरि आउने बर्षदेखि न्यु होराइजन पत्रकारिता पुरस्कार स्थापना गरि बितरण गरिने मिन रानाले बताउनुभयाे

    कार्यक्रम सम्पन्न गर्न करिब २ लाख खर्च अनुमान गरिएको छ । २०४६ सालमा स्थापित यो न्यु होराइजन मा. वि.ले तत्कालिन समयमा एसएलसिमा नेपाल टप र ६ पटक क्षेत्रीय शिल्ड पनि पाइसेकेको छ ।

    याे पनि पढ्नुस् :-

    यसमा तपाइको मत
    फेसबुक
    ट्वीटर
    स्थानीय समाचार बाट अन्य समाचार