नागरिक आवाज/बुटवल, १५ फागुन ।
सिरियामा बहुराष्ट्रिय सेनाले निर्दोष जनतामाथि चरम दमन गरेको बिराेध र मृतात्माको चीर शान्तिकाे कामना गर्दै बुटवलमा दीप प्रज्वलन गरिएको छ ।
मुस्लिम युवा समुह रुपन्देहीले बुटवलको ट्राफीक चोकमा दीप प्रज्वलन गरी मृतात्माको शान्तिको कामना गरिएकाे हाे ।
द्वन्द्वले कसैलाई पनि हित नर्गने भएकाले सान्तिको वाटो अपनाउनुपर्ने शन्देश दिनको कार्यक्रमको आयोजना गरीएको मुस्लिम युवा समुहका अध्यक्ष मोहमद सलमानले जनाए ।
सिरियामा भएको बमबारी र नरसंहार तत्काल रोक्न, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा पारित युद्ध विरामको प्रस्तावलाई तत्काल लागू गर्न अनुरोध गर्दै मुस्लिम युवा समुहले बार्ताको लागि मार्ग प्रशस्त गर्न सिरियाली सरकार र विद्रोहीहरुलाई आग्रह पनि गरेका थिए ।
कार्यक्रममा नेपाल तरुण दल बुटवल उपमहानगर पालिकाका कोषाध्यक्ष सुदिप गुरुङ्ग, तरुण नेता अर्जुन गुरुङ लगायतले वोल्दै सर्वसाधारण तथा अवोध वालवालीकाले वाच्न पाउने अधिकारको सुनिस्चितता हुनुपर्नेमा जोड दिनुभयो ।