नागिरक आवाज/२५ फागुन, काठमाडौं ।
एकता प्रक्रियामा रहेका एमाले–माओवादीबीच ९ वैशाखमा पार्टी एकता हुने भएको छ ।
समाचार अनुसार आगामी ९ वैशाख अर्थात् २२ अप्रिलमा पार्टी एकता घोषणा गर्नेगरी तयारीको काम अघि बढाएका छन् ।
एकीकृत पार्टीको अन्तरिम विधान र संगठनसम्बन्धी गृहकार्यका लागि गठित कार्यदलमा नेताहरुबीच कम्युनिस्ट पार्टी स्थापनाकै दिन पारेर एकता घोषणा गर्ने मोटामोटी समझदारी भएको हो ।
बुधबार बसेको अन्तरिम विधान तथा संगठनसम्बन्धी कार्यदलको बैठकले दुवै पार्टीका अध्क्ष केपी ओली र प्रचण्डलाई ब्रिफिङ गर्ने निर्णय गरेको समाचारमा उल्लेख छ ।
नयाँ पत्रिका दैनिकमा खबर छ ।