कपिल ज्ञवाली/बुटवल चैत्र ३-
बुटवल देवीनगरस्थित एन्फा मैदानमा आज दिनभर खचाखच भयाे । २० औं तिलोत्तमा गोल्डकप फुटबलको फईनल हेर्न यसरी भिड लागेकाे हाे । उपाधि भने उपाधि थ्रीस्टार क्लबले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा चार पटकको विजेता विभागिय टिम नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले हराउँदै थ्रीस्टार च्याम्पियन बनेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
तर, दोस्रो हाफमा थ्रीस्टार हावी भयो । ६६ औं मिनेटमा बिमल घर्ती मगरको पासलाई बचाउन खोज्दा नेपाल पुलिसका रबिन श्रेष्ठले आत्मघाती गोल गर्न पुगे ।खेलको ७९ औं मिनेटमा सुनिल बलको कर्नर बमा निराजन खड्काले हेड गोल गरे ।
उपाधिसँगै थ्रीस्टारले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पाएको छ भने उपविजेताले पुलिसले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगितामा रुस्लान थ्री स्टारका क्याप्टेन निराजन खड्का सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
उनले होन्डाको स्कुटी पुरस्कार पाएका छन् । यसैगरि विधागततर्फ थ्री स्टारका मेघराज केसी उत्कृष्ट कोच, नेपाल पुलिसका भोला शिलवाल सर्वोत्कृष्ट मिड फिल्डर, लाली रुपन्देही ११ का पूर्ण बहादुर श्रेष्ठ उत्कृष्ट डिफेन्डर, नेपाल पुलिसका रेजिन सुब्बा उत्कृष्ट स्ट्राईकरको रुपमा पुरस्कृत भएका छन् ।
लायन्स क्लव अफ बुटवल तिलोत्तमा मायादेबीले अनाथ आश्रममा गर्याे सहयोग
हेराैँ नागरिक आवाजका सम्पादक कपिल ज्ञवालीले खिचेका केहि तस्वीरहरु ।