नागरिक आवाज/शुद्धोधन,चैत १० ।
सुद्धोधन गाउपालिका-२, भुजौली र बनगाइमा बालअधिकार सम्बन्धी सचेतनामूलक कार्यक्रम भएको छ ।
बालबालिकालाई बालअधिकारका बारेमा जानकारी गराउने र बालअधिकार संरक्षणमा सचेतना जगाउने उदेश्यले कार्यक्रम गरिएको हो । जनता स्काई क्लबको आयोजना, नमुना एकीकृत बिकास परिषदको समन्वय तथा वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा उक्त कार्यक्रम भएको हो ।
भुजौलि र बनगाइमा भएको बालअधिकार सम्बन्धी चेतनामुलक सडक नाटकमा सहभागीले बालअधिकार संरक्षणमा सरोकारवालाले जवाफदेहीता निर्वाह गर्न जरुरी रहेको बताएका थिए ।
बालअधिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले कार्यक्रम गरिएको क्लबकी लिडर पुनम थारुले जानकारी दिइन् ।
उक्त्त कार्यक्रममा घरपरिवार, छिमेकी, समुदाय, देशलगायतका सम्पूर्ण तहबाटै पहलकदमी जरुरी रहेकोमा सहभागीले जोड दिएका थिए । शोभा चौधरीको संचालनमा गरिएको कार्यक्रममा समुदायका विभिन्न ब्यक्तिहरुलाइ सडक नाटकमार्फत बालाधिकारका बिभिन्न पक्षमा जानकारी गराइएको थियो । नाटकले समुदायको यथार्थ चित्रण गरेको र अझै पनि बालाधिकारको सुनिश्चितताका लागि घरघरबाटै पहलकदमी जरुरी रहेको स्थानीय अगुवा मोहन ढुंगानाले बताए ।
चेतनामुलक सडक नाटक प्रस्तुत गरेर समुदायलाई जागरुक बनाउन मद्दत मिलेको वडा अध्यक्ष विष्णुप्रसाद बस्यालले प्रतिक्रिया दिए । स्थानीय समुदायको मुद्दालाई उठान गरेर समसामयिक घटनाहरुलाइ बिभिन्न पात्रहरुद्वारा प्रस्तुतिकरण गर्नु सराहनीय रहेको अध्यक्ष बस्यालले बताए ।
समुदायलाई सचेत बनाउन सके बालअधिकार प्रबर्द्धन सहज हुने कार्यक्रममा सहभागीले बताए । कार्यक्रम टोलटोलमा विस्तार गरिने शुद्धोधन स्काई क्लबका अर्का लिडर अरुण चौधरी बताउछन ।