२५ चैत्र ,बीबीसी।
अमेरिकाको न्यूयोर्कमा ट्रम्प टावरमा भीषण आगलागी भएको छ। ट्रम्प टावरबाट कालो धुँवा निस्किएको दृष्य देखिएको छ। न्युयोर्क फायर डिपार्टमेन्टले आगो निभाउने प्रयास गरिरहेको जनाएको छ।
आगलागीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही भवन निवासी ६७ वर्षीय पुरुष रहेको जनाइएको छ। उनी ५०औं तलामा रहेको जनाइएको छ।। ट्रम्प टावरमा अमेरिकी राष्ट्रपतिको घर र कार्यालय रहेको छ। यद्यपी ट्रम्प यतिबेला वाशिंटनमा छन्।
५० तले भवनमा लागेको आगो नियन्त्रणमा आएको छैन। सो भवनमा अपार्टमेन्ट र अफिस बसेका छन्। राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै आगो सानो भएको र भवन निकै बलियो ढंगले बनाएको उल्लेख गरेका छन्। उनले दमकलकर्मीले शानदार ढंगले काम गरेको बताएका छन्। ट्रम्प टावरमा अमेरिकी राष्ट्रपति नोडल्ड ट्रम्पको कारोबारको समूम ट्रम्प अर्गनाइजेशनको मुख्यलय छ।
यो बहुतले भवनको आसपासको सडकमा यातायत बन्द गरिएको छ। राष्ट्रपति ट्रम्पकी श्रीमती मलेनिया ट्रम्पकी प्रवक्ताले मलेनिया र उनका छोरा यतिबेला वाशिंटनमा भएको बताएका छन्।