नागरिक आवाज/बुटवल २ जेठ-
क्रान्तिकारी युवा लिग–नेपाल प्रदेश नं ५ ले आज बुटवलमा युवा जागरण तथा युवा मार्चपास गर्दै छ ।
सभालाई नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरण,स्थायी समिति सदस्य परि थापा,पोलिटव्यूरो सदस्यद्धय केबी गुरुङ, प्रेम सुवेदी,युवा लिगका केन्द्रीय अध्यक्ष अमिर महर्जन लगायतका
नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । युवा मार्चपासको आवश्यक सम्पूर्ण तयारी पुरा भएको युवा लिगले जनाएको छ ।
माचपार्सको तयारीको क्रममा आज बुटवल र भैरहवामा माइकिङ गरिएको छ ।
लिगले दिउंसो २.०० बजे बुटवलको पुष्पलाल पार्कबाट मार्चपास गदैं युवाहरुको र्याली निकाल्ने र उक्त र्यालीले बुटवल बजार परिक्रममा गरि (ट्राफिक चोक)मिडिया चोकमा पुगेर सभामा परिणत हुने लिगले जनाएको छ ।
प्रदेश ५ को युवा परिक्षणको उद्घाटन कपिलवस्तुको चार नम्बरमा :
यसअघि युवा लिगले कपिलवस्तुको चार नम्बरमा आयोजना गरेको प्रदेश ५ को युवा परिक्षणको उद्घाटन महासचिव
बैद्यले गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रम बिहान ११.०० बजे हुंने लिगले जनाएको छ ।प्रशिक्षणमा १२ जिल्लाका दुई सय युवाहरुको सहभागिता रहने लिगले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्न पार्टी महासचिव मोहन बैद्य,स्थायी समिति सदस्य परि थापा आज बुटवल हुदैं कपिलवस्तु पुग्नुभएको छ ।