नागरिक आवाज/बुटवल,असार २३-
रुपन्देहीको कञ्चन गाउपालिका-५ की १६ वर्षीया किशोरीको उपचारका क्रममा ज्यान गएको छ ।
आफ्नै घरमा सुतेको अवस्थामा मट्टीतेल छर्केर जलेर गम्भीर घाइते भएकी समीक्षा ठकुरीको उपचारका क्रममा असार २० गते ज्यान गएको हो ।
मृतककी आमा माया थापा ठकुरीले इलाका प्रहरी कार्यालय सालझण्डीमा शुक्रबार किटानी जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो ।
मृतकका बुबा तेजबहादुर, हजुरआमा हरिकला र फुपुहरु मधु ठकुरी थापा र अमृता ठकुरी थापाविरुद्ध मायाले किटानी जाहेरी दिएकी हुन् ।
समीक्षा स्थानीय पिसल्याण्ड भूपूसैनिक पब्लिक बोर्डिङ स्कूलमा १० कक्षा पढ्दै थिइन् । मावली घरमा बस्दै आएका उनी केही महिना अघि मात्र बाबुको घरमा आएकी थिइन् ।
समीक्षा जन्मिएको ९ महिना हुँदा उनका बुबाले दोस्रो बिहे गरेसँगै उनकी आमालाई कुटपिट गरेपछि आमा(छोरी माइत बस्न थालेको आमा माया थापाले बताइन् ।