नागरिक आवाज/बुटवल साउन ६-
सैनामैना नगरपालिकाले आर्थिक ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७५ पारित गरेको छ ।
नगरपालिकाको मुर्गियामा भएको विशेष नगरसभाले एकीकृत सम्पत्ति करको सट्टामा सम्पत्ति कर र भूमिकर (मालपोत) लगाउने निर्णय भएको नगरपालिका–३ का वडाध्यक्ष तथा प्रवक्ता रत्नबहादुर पौडेलले जानकारी दिनुभयो ।
विधेयक पारित गर्न र कर लगाउने विषयमा निर्णयमा पुग्न विशेष नगरसभा आह्वान गरिएको नगरपालिकाका प्रमुख चित्रबहादुुर कार्कीले बताउनुभयो ।
त्यस्तै नगरपालिका–१० स्थित सालझण्डीमा बसपार्क निर्माणका लागि पेश भएको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएकोे छ ।
यसमा तपाइको मत
फेसबुक
ट्वीटर
Tweets by @NagarikAawaj