नागरिक आवाज/साउन २२, काठमाडौं –
दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकमले संस्थाको सेवा, सुविधा र गतिविधिबारे समाचार सम्प्रेषण गर्ने २ सञ्चारकर्मीलाई पुरस्कृत गर्ने भएको छ ।
टेलिकमले सूचना जारी गर्दै पुरस्कारका लागि समाचार सामग्री पठाउन सार्वजनिक आह्वान गरेको छ । टेलिकमले सेवा उपलब्ध गराइएको १ वर्ष पूरा भएको अवसरमा गत वर्षदेखि सञ्चारकर्मीलाई पुरस्कृत गर्न शुरू गरेको थियो ।
‘२०७४ सालमा नेपाल टेलिकमको सेवा, सुविधा र गतिविधि सम्बन्धमा प्रकाशितरप्रसारित समाचार सामग्रीमध्ये ३ वटा सामग्री प्रमाणसहित मिति २०७५ भदौ १३ गतेभित्र यस कम्पनीको केन्द्रीय कार्यालय, सूचना तथा प्रकाशन शाखा, कोठा नम्बर ३०२ मा दर्ता गराउनुहुन अनुरोध छ,’ सूचनामा उल्लेख गरिएको छ ।
यसमा तपाइको मत
फेसबुक
ट्वीटर
Tweets by @NagarikAawaj