नागरिक आवाज/ २४ श्रावण बुटवल ।
साउन शुक्ल चतुर्दशी दिन मनाइने गँठेमंगल अर्थात घण्टाकर्णको अवसरमा आज बिहानैदेखि विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ।
यस पर्वलाई नेवार समुदायले ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा मनाउने गर्दछन्।
आजको दिन नेवार समुदायले बिहानै घरमा लिपपोत गर्नुका साथै शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँको जल ल्याएर घरघरमा छर्कने प्रचलन रहँदै आएकाले दर्शनार्थीको भीड लागेको हो।
नेवारी समुदायमा आजदेखि परम्परागत नाच तथा बाजागाजा सिकाउन शुरु गरिनुका साथै गाइजात्रामा प्रदर्शन गरिने विभिन्न भैरव नाच तथा व्यंग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत दिइन्छ।
यसमा तपाइको मत
फेसबुक
ट्वीटर
Tweets by @NagarikAawaj