Loading...

अघिल्लो वर्षको हिट जोडी फेरी पनि सँगै

बुधबार, भदौ २७, २०७५
  • नागरिक आवाज
  •  

    काठमाण्डौं : अघिल्लो वर्षको अन्तिम महिना प्रदर्शन भएको हिट चलचित्र लिलिबिलीका जोडी प्रदिप खड्का र जसिता गुरुङ पुनः नयाँ चलचित्रमा देखिने भएका छन् । गोवीन्द शाहिले निर्माण गर्ने चलचित्र लभ स्टेशनमा प्रदिप खड्का यसअघि फाईनल भएका थिए । जसितालाई भने निर्माण टिमले अन्तिममा मात्रै सार्वजनिक गरेको हो ।

    आगामी ५ असोजबाट छाया“कनमा जाने तयारी अनुसार यो चलचित्रको गृहकार्य भैरहेको छ । अहिलेपनि स्कृप्टको काममा निर्माण टिम लागिरहेको छ ।

    दार्जिलिङ, सिक्कीम लगायतका स्थानमा खिचिने चलचित्रको लोकेशन हेर्न एकमहिनाअघि निर्माता शाहि र अभिनेता प्रदिप खड्का त्यहा“ पुगेका थिए । पुर्ण प्रेम कथामा आधारित लभ स्टेशनलाई उज्ज्वल घिमिरेले निर्देशन गर्दैछन् । निर्माण टिमले अनौपचारीक पत्रकार भेटघाट मार्फत चलचित्रबारे जानकारी गराएको हो ।

    चलचित्र लभ स्टेशनमा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाहलगायतका कलाकारको अभिनय रहनेछ ।

    ठाउ“को नामको आधारमा चलचित्रको नाम लभ स्टेशन न्वारन गरिएको निर्देशक उज्जवल घिमिरेले बताए । चलचित्रलाई उज्वललेनै लेखेका हुन । यसलाई उनले ड्रिम्स् प्रोजेक्ट समेत भनेका छन् ।
    अभिनेता प्रदिप खड्काले लभ स्टेशनलाई संसारभरीका प्रमिल मनहरुको स्टेशन वनाउन कुनै हद वाकी नराख्ने बताए । उनले भने, ‘संसारमा ठाउँ, रहन–शहन, खवाई आदी ईत्यादी कुरा फरक भएपनि लभ भन्ने कुरा लगभग एकै प्रकारको हुन्छ, हामीले संसारैभरीका माया“ गर्ने मनहरुको दुःख, पिरमर्का र मन पराएको मान्छे प्राप्तीको संघर्षलाई सुस्म ढगंवाट उठान गर्ने तयारीमा छौं ।’

    यसअघि लिलिबिलीमार्फत चलचित्रमा देखिएकी जसिताले लोकप्रिय अभिनेता प्रदिप तथा अनुभवी निर्देशक उज्वल घिमीरे लगायतको टिमस“ग काम गर्न पाउ“दा खुसी लागेको बताईन् । उनले चलचित्रको कथा मन परेकाले साईन गरेको समेत खुलाईन् ।

    काफिया फिल्मस्ले यसअघि निर्माण गरेको लिलिबिली अघिल्लो वर्षको सर्वाधिक हिट चलचित्र हो । ४५ दिन छाया“कन अबधि तय गरिएको यो चलचित्र आगामी फागुनको अन्तिम साता प्रदर्शन गर्ने तयारी गरिएको छ ।

    आलोक शुक्लाको छायाँकन रहने लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ । दार्जिलिङ उमेश थापा लाईन प्रोड्युसर रहेका यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

    लभ स्टेशनलाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गर्न लागेका हुन् ।

    यसमा तपाइको मत
    फेसबुक
    ट्वीटर
    Uncategorized बाट अन्य समाचार