नागरिक आवाज/८ असोज,बुटवल ।
राष्ट्रिय संगीतकर्मी संघ रुपन्देहीले कुष्ठ प्रभाबितहरुलाई १ वर्षको लागि खाद्यान्न प्रदान गरेको छ ।
बुटवल जिगतगढीमा रहेका ५ जना कुष्ठरोगीलाई लत्ताकपडा सहित दाल, चामल, आटा , नुन ,तेल प्रदान गरिएको राष्ट्रिय संगितकर्मी संघ जिल्ला शाख रुपन्देही की अध्यक्ष दुर्गा नेपालले जानकारी दिनु भएको छ ।
सगितकर्मीहरुले मनारञ्जन मात्र प्रदान नगरेर सामाजिक क्षेत्रमा पनि काम गर्दै जाने उँहाले बताउँनु भएको छ ।
राष्ट्रिय संगितकर्मी संघ अञ्चल अध्यक्ष डिल्लिनारायण पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रेडियो जागरणका अध्यक्ष बिनाद पहाडी , उपाध्यक्ष भुवन खड्का , कोषाध्यक्ष अकिता नेपाल , गिता डाँगी , अनिशा डाँगी , अनमोल कुँवर , सागर खड्का , रिता श्रेष्ठ , विशिष्ठ सल्लाहाकर शारदा पौडेल विष्णुमाया गोदावरी , साफ्ट बुटिक माला थापा , पहिरन बुटिक निशा लेना , माया राईको सहयोगमा खाँद्यान्न प्रदान गरिएको हो ।